पूर्वाञ्चल खबर
अस्पतालले मुख तथा दन्त रोग सम्बन्धी सम्पूर्ण सेवा एउटै छानामुनि सेवा प्रदान गर्ने उद्देश्यले डेन्टल सेवा सञ्चालनमा ल्याएको अस्पतालका व्यवस्थापक नित्यराज बस्याललले जानकारी दिए ।
COX 2 in 1 Apex Locater and Endomotor बाट सहज तरिकाले दातको जरा नाप गरी सफा गर्न सकिने आरसीटी जस्ता झन्झटीलो र भयभीत मानिने उपचार पनि छिटो र सरल ढंगले गर्न सकिने डा. मीरा आचार्यले बताईन । डा. आचार्यका अनुसार सिंगल भिसीट आरसीटी पनि उपचार अस्पतालमा रहेको जनाइन् ।
अस्पतालले मंसिरको दोस्रो हप्तादेृख अत्याधुनिक दुरविन प्रविद्यिबाट गरिने शल्यकृया शुरु गर्ने अस्पतालले जनाएको छ ।