AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

भारतीय पक्षले गल्ती स्वीकार गरेपछि ट्यांकर चालकको आन्दोलन फिर्ता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ मंसिर २०७५, सोमबार २०:०८
3
Shares
विराटनगर / भारतको बरौनीबाट पेट्रोलियम पदार्थ (इन्धन) ढुवानी ठप्प पारेर आन्दोलनमा उत्रिएका नेपाली ट्यांकर चालकहरुले आज साँझबाट आफ्नो आन्दोलन फिर्ता लिएका छन् ।

पेट्रोलियम ढुवानीका क्रममा भारतीय सुरक्षाकर्मीले ज्यादती गरेको भन्दै त्यसको विरोधमा ढुवानी ठप्प पारेर चालकहरु उत्रिएका थिए । भारतको बरौनीबाट पेट्रोल लोड गरेर नेपालतर्फ आउँदै गरेको को १ ख ६००९ नम्बरको ट्यांकरका चालक मोनु कुमारमाथि गत शनिबार विहान ४ बजे भारतको जोगवनीमा भारतीय सुरक्षाकर्मीले कुटपिट गरेका थिए । त्यस लगत्तै आन्दोलनमा उत्रिएका चालकले दुई दिन सम्म इन्धन ढुवानी ठप्प पारे । चालकले कुटिपट गर्ने भारतीय सुरक्षाकर्मीलाई कारवाही हुनु पर्ने, नेपाली ट्यांकर चालकमाथिको दुरव्यवहार रोकिनु पर्ने, चालकको सुरक्षाको ग्यारेन्टी हुनु पर्ने, जतिबेलै जाम भइरहेको सडकको विकल्प खोजिनु पर्ने लगायतका माग राखेर आन्दोलन थालेका थिए । यस घटनामा भारतीय पक्षले गल्ती स्वीकार गर्दै आगामी दिनमा चालकमाथि कुनै पनि दुरव्यवहार नगर्ने प्रतिवद्धता जनाएपछि आज साँझबाट आन्दोलन फिर्ता लिएर चालकहरुले इन्धन ढुवानी सुचारु गरेका छन् ।

चालकहरुले नेपाल आयल निगम प्रदेश १ कार्यालय विराटनगरको डिपोबाट समेत पूर्वका विभिन्न ठाउँमा रहेका पेट्रोल पम्प सम्म पनि लोड अनलोड नगरिदिंदा इन्धनको अभाव सुरु हुन थालेको थियो । चालकको आन्दोनलका कारण नेपालबाट इन्धन लिनका लागि गएका एक सय ७० वटा ट्यांकर भारतको बथनाहा, मीरगन्ज र जोगवनीमै रोकिएका थिए । चालकको आन्दोलन फिर्ता भएसंगै रोकिएका सबै ट्यांकर नेपाल भित्रिएका छन् । भारतको जोगवनीमा सोमबार दिउँसो नेपाल र भारतका अधिकारीबीच भएको दुई पक्षिय वार्तामा भारतीय पक्षले गल्ती स्वीकार गरेको हो । बार्तामा भारतीय पक्षबाट अररिया जिल्लाका प्रमुख, जोगवनीका मेयर लगायत भारतीय सुरक्षा अधिकारीका प्रमुखहरु थिए । नेपालका तर्फबाट विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारी, नेपाल आयल निगम प्रदेश १ कार्यालय विराटनगरका प्रमुख दिनेश यादव, पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष गुणराज निरौला, नेपाल पेट्रोलियम ट्यांकर चालक संघ प्रदेश १ का अध्यक्ष केशव आचार्य लगायत थिए ।

वार्तामा सहभागी ट्यांकर चालक संघका अध्यक्ष आचार्यले भारतीय पक्षले आगामी दिनमा नेपाली ट्यांकर चालकमाथि कुटपिट र दुरव्यवहारका कुनै पनि घटना नदोहो¥याउने प्रतिवद्धता जनाएको जानकारी दिए । ‘भारतीय पक्षले चालकमाथि भएको अभद्र व्यवहार प्रति गल्ती स्वीकार गरेका छन्,’ उनले भने, ‘उनीहरुले आगामी दिनमा कुनै गल्ती नदोहो¥याउने प्रतिवद्धता जनाएका छन् ।’ वार्ताका क्रममा ट्यांकर चालकसंग भारतीय सुरक्षाकर्मीले विभिन्न वहानामा माग्ने घूसका बारेमा पनि कुरा उठेको र भारतीय पक्षले घूस लिने सुरक्षाकर्मीलाई आगामी दिनमा कारवाही गर्ने प्रतिवद्धता जनाएको उनले बताए ।

नेपालतर्फ पेट्रोलियमको आपूर्ति सहज बनाउनका लागि पेट्रोलियम पदार्थ लोड गरिएका ट्यांकरलाई प्रत्येक दिन विहान दुई बजेदेखि साढे ४ बजे सम्म जोगवनी स्थित भारतीय भन्सारमा पु¥याइसक्नु पर्ने विषयमा पनि दुई पक्षबीच सहमति भएको आचार्यले बताए । सहमति अनुसार भन्सार पु¥याइएका ट्यांकरलाई त्यहाँको आवश्यक प्रक्रिया पूरा गरेर विहान छ देखि सात बजे सम्म नेपाल प्रवेष गराइसक्नु पर्ने छ । बाँकी रहेका अन्य ट्यांकरलाई प्रत्येक दिन राति आठदेखि १० बजे सम्ममा नेपाल ल्याउने सहमति भएको उनको भनाइ छ । आचार्यले भारतको बथनाहादेखि जोगवनी सम्मको सडक साँघुरो भएको र संधै जाम मात्रै भइरहने भएका कारण इन्धनका ट्यांकर चलाउनलाई निश्चित समय छुट्याइएको जानकारी दिए ।

निगमका प्रमुख यादवले नेपाली र भारतीय अधिकारीबीच वार्तासंगै सहमति भएपछि पेट्रोलियम ढुवानी सुचारु भएको बताए । ‘भारतीय सुरक्षाकर्मीले कुटपिट गरेको विरोधमा ट्यांकर चालक आन्दोलनमा उत्रदा ढुवानी ठप्प बनेको थियो,’ उनले भने, ‘दुई पक्षबीच भएको वार्ता निस्कर्षमा पुगेका कारण आगामी दिनमा पेट्रोलियम ढुवानीमा उत्पन्न हुन सक्ने समस्याहरुको पनि निराकरण भएका छन् ।’ यादवले भारतीय पक्षले पेट्रोलियम ढुवानीका समयमा ट्यांकर चालकलाई आवश्यक सुरक्षाको प्रवन्ध मिलाउने प्रतिवद्धता पनि जनाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर