पूर्वाञ्चल खबर
क्यान मोरङ शाखाले आज विराटनगरमा पत्रकार सम्मेलन गरी इन्फोटेक गर्ने जानकारी गराएको हो । क्यान महासंघ र लिभिङ विथ आइसिटीको सहयोगमा हुने इन्फोटेकमा आइसिटी कन्फरेन्स, सोसल मुभमेन्टलगायतका कार्यक्रमहरुमार्फत आइसिटी क्षेत्रमा आएका नयाँ नयाँ प्रवित्रिको जानकारी, प्रशिक्षण पनि संचालन हुने क्यान मोरङ मोरङका अध्यक्ष राजनप्रसाद यादवले जानकारी दिए ।
पत्रकार सम्मेलनमा कम्युटर एसोसिएसन महासंघका महासचिव डाक्टर पवनकुमार शर्माले इन्फोटेकले विराटनगरलाई बिजनेस हवको रुपमा विकास गर्ने गरी सहयोग गर्ने बताए । उनले जन्मिदा र मर्नेबेलासम्म मानिसहरुमा आइसिटी प्रयोग गर्ने भएको कारण त्यस विषयमा जानकारी दिने काममा इन्फोटेकले भूमिका खेल्ने पनि बताए ।
इन्फोटकमा १ सय २० वटा विभिन्न स्टल रहने र ४ लाख मानिसले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । ८० लाख खर्च हुने अनुमान गरिएको इन्फोटेकमा ५ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको क्यान मोरङले जनाएको छ । १ नम्बर प्रदेशमा क्यानका ५ सय बढी सदस्य रहेका छन् ।