AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सभापति देउवाविरुद्ध मोर्चाबन्दी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ कार्तिक २०७५, मंगलवार ०८:५०
3
Shares
काठमाडौं / १३ औँ महाधिवेशनअघि विभिन्न समूहमा विभाजित भएका कांग्रेसका शीर्ष नेताहरु सभापति शेरबहादुर देउवाविरुद्ध पुनः एक ठाउँमा उभिन थालेका छन् ।

महाधिवेशनअघि एकअर्कासँगको रुष्ट भएर टाढिएका नेताहरु पछिल्लो समय सभापति देउवाले पार्टी एकलौटी ढंगले चलाएको र विधि र विधानको उल्लंघन गरेको भन्दै एकठाउँमा उभिन थालेका हुन् ।

सोमबार नेत्री सुजाता कोइरालाको निवास मण्डिखाटारमा भएको संस्थापन समूहको बैठकमा नेताहरुले सभापतिविरुद्ध मोर्चाबन्दी गरेर जाने रणनिति आवश्यक भएको निष्कर्ष निकालेका छन् ।बैठकमा सहभागि एक नेताका अनुसार सभापति देउवाले पटकपटक महासमिति सारेर टार्ने रणनिति बनाएकाले त्यसो हुँदा कसरी अघि बढ्ने भन्ने बिषयमा समेत बैठकमा छलफल भएको थियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा महासमिति, पार्टीको विधान र नेविसंघका विषयमा छलफल भएको बताए । पार्टी झनझन कम्जोर बन्दै गएको छ । सबैको चिन्ता कसरी पार्टीलाई बलियो बनाउने भन्ने हो , नेता शेखर कोइरालाले भने नेविसंघको नेतृत्व महाधिवेशनमार्फत नै चयन गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष छ । बैठकमा नेताबीच विजयकुमार गच्छदारलाई उपसभापति बनाउँदा विकल्प सहित बनाउन सक्ने ठाउँ हुँदा हुदै सभापतिले विधानलाई नाघेर निर्णय गरेको भन्दै नेताहरुले असहमती जनाएका थिए । आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर