AArya
RUMPUM
animated ellipse animated ellipse

किर्ते नागरिकता प्रकरण : फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिँदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ कार्तिक २०७५, आईतवार ०८:२१
3
Shares
विराटनगर/ गैर नेपाली नगरिकलाई नागरिकता दिएको अभियोग लागेपछि फरार भएका विराटनगर महानगरपालिका १ नम्बर वडाका जनप्रतिनिधी र वडा सचिवलाई प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दायर गर्ने भएको छ ।

मोरङ प्रहरीले सरकारी वकिलको कार्यालयमा अभियोग पत्र पेश गरेपछि किर्ते विवरण पेश गरि नगरिकता दिलाएको अभियोग लगाएर आज आइतबार मोरङ अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको हो ।

प्रत्येक वर्ष एक जनालाई नागरिकता दिलाउने धन्दा गर्दै आएका विराटनगर १ घर भइ हाल कटहरी गाउँपालिका – १ बस्ने ५५ वर्षिय सत्यनारायण पोद्दारको प्रभावमा परेर १ नम्बर वडा अध्यक्ष तथा महानगरपालिको प्रवक्ता समेत रहेका उद्धब अर्यालले दुई जना गैर नेपाली नागरिकलाई नागरिकता सिफारिस गरिदिएको खुलेको छ । पोद्दारले आफु बाबु बनेर पछिल्लो समय २ जना गरि हालसम्म ७ जनालाई नागरिकता प्रमाणपत्र बनाइदिएको खुलासा भएको हो । जनप्रतिनिधि निर्वाचित भएर आए लगतै २०७४ मा एक जनाको नागरिकता बनाइदिएका पोद्दारले २०७५ पनि अर्का एकजनाको नागरिकता सिफारिस गराउन सफल भएका हुन् । तर जिल्ला प्रशासन कार्यालयले सिफारिसप्रति आशंका गरेपछि घटना सार्वजनिक भएको हो । मोरङ प्रहरीले किर्ते जालसाँची गरेर विदेशीलाई नागरिकता दिलाएको अभियोगमा पोद्दारलाई पक्राउ गरेपछि उक्त रहस्य बाहिर आएकोे हो । उनले मोटो रकम लिदै गैर नागरिकलाई नागरिकता बनाइदिने गरेको स्रोतले बताए ।

प्रहरीले पोद्दारलाई पक्राउ परेपछि नागरिकता प्रमाणपत्र सिफारिस गर्ने वार्ड अध्यक्ष अर्याल, वडा सदस्य रमेश साह र सुन्दर हरैचा घर भइ हाल विराटनगर महानगरपालिका १ नम्बर वडा सचिव पुष्पा तिम्सिना फरार छन् । प्रहरीले अभियोगपत्र अदालतमा पेश गरेपछि पक्राउ परेका पोद्दार र उनका छोरा भनिएको २५ वर्षिय राजेन्द्र पोद्दार, वडा सदस्य साह र १ नम्बर वडा सचिव तिम्सिनालाई मात्र अभियोग लगाएर मुद्दा दायर गर्ने तयारी गरेको अदाल स्रोतले जानकारी दिएको छ । किर्ते गरि नागरिकता दिलाउने र लिने पक्राउ परे पनि सिफारिस दिने वडा अध्यक्ष अर्याललाई जोगाएर अन्यलाई मात्र अभियोग लागाउने तयारी गरेको स्रोतको दाबी छ ।

वडा अध्यक्ष अर्याललाई अभियोगबाट जोगाउन काँग्रेसका जिल्ला तहदेखि केन्द्रीय तहका नेताहरू लागि परेका छन् । उनीहरूले स्थानिय प्रशासन र प्रहरीलाई दबाव दिएर वडा अध्यक्षलाई जोगाएर अन्यलाई मात्र अभियोग दायर गर्न सक्रिए भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डियएपी निशान थापाले अभियोग पत्र सरकारी वविलको कार्यालयमा बुझाइसेको हुनाले आज सरकारी वकिलको कार्यालय मार्फत मुद्दार दायर हुन सक्ने बताए । ‘यस प्रकरणमा क–कसलाई प्रतिवादी बनाएर अभियोग लगाउने सरकारी वकिल मार्फत हुनेछ,’ उनले भने, ‘थप अनुसन्धान भइरहेकोले अहिले थप अरु केही भन्न सकिने अवस्था छैन् ।’

यता मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले किर्ते गरि नागरिकताको सिफारिस दिने लिने सबैलाई कारबाहीको दायरा ल्याउने बताए । ‘अनुसन्धानको क्रममा यस केशमा ज जसको संलगन्ता देखिन्छ सबैलाई कारबाहीको दायारमा ल्याइन्छ,’ उनले भने, ‘कसलाई लगाउने कसलाई नलागउने भन्ने हुदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर