पूर्वाञ्चल खबर
मृत्यु हुनेमा कुम्मायक गाउँपालिका, ५ माङजाबुङका २८ वर्षीय श्रवणकुमार शर्मा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्व– पश्चिम राजमार्ग अन्र्तगत पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ६ प ८९७४ नम्वरको मोटरसाइकल विपरीत दिसाबाट आएको को २ च ११८१ नम्वरको मारुती भेनसँग ठोक्किदा मोटरसाइकलमा पछाडि सवार शर्माको मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।
मोटरसाइकलका चालक दमक–११ निवासी ४० वर्षीय तारा शर्मा गम्भीर घाइते भएकाका छन् । उनको बिर्तामोडस्थित वीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । मारुती भ्यानका चालक धरानका महेन्द्र गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।