पूर्वाञ्चल खबर
स्कूलमा आज एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुसँग दशैं मनाएको हो । स्कूलमा अध्ययनरत नर्सरीदेखि कक्षा दुईसम्मका विद्यार्थीहरु विच शिक्षक तथा शिक्षिकाहरुले दशैं मनाएका स्कूलका प्रिन्सिपल विनोद अधिकारीले बताए ।
कार्यक्रममा विद्यार्थीहरुलाई टिकालगाएर दक्षिणा समेत दिएको स्कुलका प्रिन्सिपल अधिकारी जानकारी दिए । सोहि अवसरमा स्कूलमा शिक्षक तथा शिक्षिकाहरुले बनाएको ओखली, ढिकी परालको पिरा, जाँते,मलाहा डोको, मडानीलगायतका सामाग्रीहरु पर्दशन गरिएको थियो ।