RUMPUM
animated ellipse animated ellipse

तलब नपाएको भन्दै काजमा खटिएका शिक्षक आन्दोलित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ आश्विन २०७५, सोमबार १९:४७
3
Shares
विराटनगर / चार महिनायता तलब नपाएको भन्दै काजमा खटिएका शिक्षकहरु आन्दोलित भएका छन् । दशैको मुखमा समेत साउन महिनादेखि तलब नपाएको भन्दै विराटनगर महानगरपालिका भित्र कार्यरत काज शिक्षक आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनमा उत्रिएका शिक्षकहरुले आज शिक्षा विकास तथा समन्वय इकाई मोरङको लेखा, प्रशासन र इकाइ प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । नेपाल शिक्षक महासंघसहित शिक्षकसम्वद्ध संघसंगठनहरुले तालाबन्दी गरेका हुन् ।

विराटनगर महानगरपालिकाका सामुदायिक विद्यालयमा १९ जना शिक्षक काजमा खटिएका छन् । चार महिनादेखि तलब नपाएका कारण आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघ विराटनगर नगरसमितिका अध्यक्ष वेदुकुमार खतिवडाले बताए । समन्वय इकाइमा तालाबन्दीपछि उनीहरुले विराटनगर महानगरपालिकामा धर्ना दिएका छन् ।

मंगलबारसम्म पनि तलब निकासा गर्ने आश्वासन नदिए बुधबारदेखि महानगरपालिकामा अनिश्चितकालीन धर्ना र घेराउ उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर