AArya
RUMPUM
animated ellipse animated ellipse

एसइईको फारम अनलाइनबाटै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ आश्विन २०७५, सोमबार ०७:५५
3
Shares
फाइल तस्वीर
काठमाडौं /राष्ट्रिय परीक्षा बोर्डले चैतमा हुने एसइईको परीक्षा फारम अनलाइनबाटै भर्न सकिने व्यवस्था गरेको छ ।

एसईईको परीक्षा आवेदन फारम र ९ कक्षाका विद्यार्थीको रजिस्ट्रेसन फारम अनलाइनबाटै भर्न सक्ने परीक्षा नियन्त्रक रामशरण सापकोटाले बताए । फारम बोर्डको वेबसाइडमा राखिएको छ । यसअघि विद्यालयले भरेका फारम जिल्लास्थित शिक्षा,विकास तथा समन्वय इकाइको कार्यालयमा बुझाउनुपर्ने प्रावधान थियो ।

अनलाइनमार्फत फारम भराउन नसक्ने विद्यालयले पहिले जस्तै विद्यार्थीबाट कागजी फारम भराएर इकाइ कार्यालयमार्फत बुझाउनु पर्ने उनले बताएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर