RUMPUM
animated ellipse animated ellipse

न्यूरो अस्पतालको “स्वास्थ्य शिविर” फत्तेपुरमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ आश्विन २०७५, आईतवार १७:५३
3
Shares
विराटनगर / न्यूरो सर्जन डा.यामबहादुर रोकासहितको ११ जना विशेषज्ञ चिकित्सकको टोलिले ग्रामिण बस्तीमा स्वास्थ्य शिविरमार्फत स्वास्थ्य सेवा प्रदान गरेको छ ।

सप्तरीको सप्तकोशी नगरपालिकाले फत्तेपुरमा विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल प्रा.लि ले स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकको ठूलो टोलिले स्वास्थ्य परीक्षण गरेको हो ।

नगरपालिकाले स्थानीय गोबद्र्वन बैरागी जनता मा.वि.मा शनिबार भएको स्वास्थ्य शिविरमा १ हजार २ सय जनाले स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा न्यूरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्टसहित सर्जन रोका, हाडजोर्नी विशेषज्ञ नविनकुमार कर्ण, ल्याप्रोस्कोपिक सर्जन डा. सुदिप खनियाले विरामीको स्वास्थ्य परीक्षण गरेका थिए । एक साथ ठूलो संख्यामा उपस्थीति भएका विरामीहरुले स्थानिय स्थरमा रोग अनुसारको विशेषयज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण गर्न पाउँदा दंग देखिन्थे । यसैगरी शिविरमा इन्टरभेन्सनल न्यूरोलोजिष्ट डा. समर्थ सिंह, कार्डियोलोजिष्ट डा.राजीव श्रेष्ठ, फिजिसियन डा.केशर बहादुर गुरुङ, आँखा रोग विशेषज्ञ डा.नारायणी रोका, स्त्री तथा प्रसुती रोग विशेषज्ञ रेनुका राठी, बाल रोग विशेषज्ञ डा.सुरेश प्रसाद साह र दन्तरोग विशेषज्ञ डा.अमित प्रताप साहले समेत स्वास्थ्य परीक्षण गरेका थिए ।

सप्तकोशी नगरपलिाकाले नगरवासीको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम राखेर चिकित्सक तथा प्राविधिक सहयोग मागेपछि विराटनगरस्थित न्यूरो–कार्डियो अस्पतालका चिकित्सकले सेवा प्रदान गरेको हो ।

शिविरमा निःशुल्क औषधी वितरण, स्वास्थ्य परीक्षण, ईईजी तथा ईसीजी, रगत परीक्षण समेत गरिएको थियो । शिविरमा इसिजी, इइजी, मधुमेह, रगत परिक्षण तथा फिजियोथेरापी पनि गरिएको थियो । शिविरमा मस्तिस्क तथा नशारोग, हाडजोर्नी, जेनेरल सर्जरी, आखाँ रोग, स्त्री तथा प्रसुती रोग तथा बाल रोग सम्वन्धी बिरामीहरु बढी सहभागी रहेको हस्पिटलले जनाएको छ ।

सोही हस्पिटलले अन्तर विद्यालयस्तरीय निबन्ध प्रतियोगिता समेत आयोजना गरेको थियो । ‘वर्तमान जिवनशैली र उच्च रतmचाप’ विषयमा आयोजित निबन्ध प्रतियोगिता प्रथम मनोज शाह, दोस्रोे अभिषेक कार्की र तेस्रो हुने दिपिका चौधरी घोषित भए । उनीहरूलाई हस्पिटलले पुरस्कृत समेत गरिएको अस्पतालका अपरेशनल डाईरेक्टर राजेश भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर