AArya
RUMPUM
animated ellipse animated ellipse

एसिया कपमा भारत सातौं पटक च्याम्पियन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ आश्विन २०७५, शनिबार ०८:३४
3
Shares
विराटनगर / एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । शुक्रबार राती सम्पन्न भएको फाइनल खेलमा बंगलादेशलाई तीन विकेटले पराजित गर्दै भारतले एसिया कपको उपाधी सातौं पटक जितेको होे ।

जीतको लागि बंगलादेशले दिएको २ सय २३ रनको लक्ष्य भारतले अन्तिम बलमा पुरा गरेको हो । भारतको जीतको लागि कप्तान रोहित शर्माले सर्वाधिक ४८ रन बनाए । भारतको लागि दिनेश कार्तिकले ३७ रन, पूर्व कप्तान महेन्द्रसिंह धोनीले ३६रन, रविन्द्र जडेजाले २३ रन , भुवनेश्वर कुमारले २१ रन र शिखर धवनले १५ रन बनाउँदा अम्बाती राइडु २ रनमा पेभेलियन फर्के भने कुलदीप यादव र केदार जाधवले क्रमश ५ र २३ रन बनाउँदै नटआउट रहे । बंगलादेशका मुस्ताफिजुर रहमान र रुवेल हसनले समान २–२ विकेट लिँदा नाजमुल इस्लाम, मसहरफ मोरताज र महमुदल्लाहले १–१ विकेट लिए ।

यस अघि बंगालदेशका टस हारेरे पहिलो ब्याटिङ गर्दै लिटन दासले सतकको मद्दतमा २ सय २२ रनको सामान्य योगफल खडा गरेको थियो । दासले १ सय २१ रन जोडेका थिए । दासले मेहिदी हसन मिराजसँग पहिलो विकेटका लागि २० दशमलव ५ बलमा १ सय २० रनको सानदार शुरुवात गरेका थिए । मेहिदी ३२ रन जोडेका दिए । त्यस्तै सोम्य सरकारले ३३ रन बनाउनुबाहेक अरु कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बंगलादेशलाई २ सय २२ रनमा समेट्न भारतका कुलदीप यादव एक्लैले ३ विकेट लिँदा केदार जाधवले २ विकेट ,जस्प्रीत बुमराह र युजविन्दै चहलले समान १–१ विकेट लिए । फाइनलमा शतक बनाएका बंगादेशका लिटन दासले म्यान अफ द फाइजलको उपाधी पाए । यस्तै पुरै सिरीजमा ३ सय ४२ रन बनाएका शिखर धवनलाई म्यान अफ द सिरीजको उपाधी दिईयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर