पूर्वाञ्चल खबर
उद्योगमा अनुगमन टोली आएको थाहा पाएपछि मेनेजर कौशल मण्डलले श्रमिकलाई एउटा कोठामा थुनेर राखेको थिए । श्रम शोषण गरेको पोल खुल्ने डरले करिब ५० जना भन्दा बढी श्रमिकलाई एउटा कोठामा थुनेर राखेको अनुगमनको क्रममा नेपाल समाजवादी टे«ड यूनियका केन्द्रीय उपाध्यक्ष तेजलाल कर्णले देखेका थिए । ‘पछि बुझदै जादा उद्योगले वर्षै देखि श्रम शोषण गरेको कुरा श्रमिकले अनुगनलाई भनिदिने डरले लुकाएको रहेछ,’ कर्णले भने ।’
चप्पल उद्योगले श्रमिकहरुको व्यापक रुपमा श्रम शोषण गर्ने गरेको फेला परेको श्रम कार्यालय विराटनगरका प्रमुख मणिनाथ गोपले बताए । श्रम कार्यालयले हाइलाइफ चप्पल उद्योगका मेनेजरसँग उद्योगमा कार्यरत कर्मचारीहरुको हाजिर खाता र तलवी भरपाइसमेत लिएको छ । ‘उद्योगमा अनुगमन गर्दा श्रम ऐन अनुसारको कार्यान्वयमा समस्या देखिएको छ,’ श्रम कार्यालयका प्रमुख मणिनाथ गोपाले भने, ‘१५ दिनभित्र सबै समस्याको हल गर्न निर्देशन दिएको छु ।’ श्रम ऐनले तोकेजति मजदुर तलब नदिए उद्योगनै बन्द गरिने उनले बताए ।
यस विषयमा उद्योगका संचालक विकास चौधरीसँग सम्पर्क गर्न खोज्दा उनी भारत भएकोले सम्पर्क हुन सकेन । अनुगमनमा नेपाल समाजवादी टे«ड यूनियन महासंघको केन्द्रीय उपाध्यक्ष तेजलाल कर्ण, जिफन्ट नेपालको प्रदेश अध्यक्ष किशोर धमला, अखिल नेपाल टे«ड युनियनका प्रदेश उपाध्यक्ष उपेन्द्र राय र नेपाल टे«ड यूनिय मोरङका अध्यक्ष शुशिल कोइरालको उपस्थीति रहेको थियो ।
त्यसैगरी विराटनगर एयर पोर्ट छेउमा रहेको पुन्य भट्टराईले होटेल एसियाटिकमा पनि आजै अनुगमन गरिएको थियो । अनुगमनकैक्रममा होटेलमा काम गर्ने अधिकान्स मजदुरलाई श्रम श्रोषण गरिएको पाएको जिफन्ट नेपालको प्रदेश अध्यक्ष किशोर धमलाले जानकारी लिए ।
ग्राहकबाट १० प्रतिशत सर्भिस चार्जबाट लिएको रकम समेत होटल सञ्चालकले होटलका मजद्रलाई नदिएको अध्यक्ष धमला बताए । होटलमा ३५ देखि ४० जना मजद्र कार्यरत रहेका छन् ।