पूर्वाञ्चल खबर
कोशी बहिरा संघद्धारा आज विराटनगरमा आयोजित अन्तराष्ट्रिय सांकेतिक भाषा दिवस तथा अन्तराष्ट्रिय बहिरा सप्ताह कार्यक्रममा सहभागी बक्ताहरुले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा विराटनगर महानगरका उपमेयर इन्दिरा कार्कीले सांकेतिक भाषा नबुझ्दा बहिरा ब्यक्तिहरुले धेरै ठाउँमा सास्ति बेहोर्नु परेको धारणा ब्यक्त गरिन् । बहिरा ब्यक्तिहरुले बोलेको कुरा आफुले पनि नबुझेको स्विकार गर्दे उपमेयर कार्कीेले चाढैनै दोभाषे तालिम र जानकारी मूलक कार्यक्रम ल्याउने घोषणा गरिन् । बहिरा महिलाहरु अझ सामाजिकरुपमा पिडित भएको भन्दै उपमेयर कार्कीले सेवा र अवसरमा समेत बहिराहरुलाई उचीत स्थान दिइने बताइन् ।
यस्तै कोशी बहिरा संघका अध्यक्ष रमेशचन्द्र पौडेलले बहिराहरुको हक अधिकारका विषयमा राज्य मौन रहेको आरोप लगाए । बहिराहरुको जनसंख्यालाई आधार मानेर पनि राज्यले त्यसखालको सेवा सुविधा दिनुपर्ने धारणा राखे । यस्तै राष्ट्रिय अपाङ महासंघ १ नं प्रदेशका विमल बस्नेतले अपाङता भएका ब्यक्तिहरुले राज्यवाट उचित सेवा र अवसर नपाएको गुनासो गरे । कुनै पनि सेवा लिन जादा बहिराहरुको भाषा नबुझेकै कारण गलत अर्थ लगाइदिने या सेवाबाट बन्चित हुनुपरेको धारणा ब्यक्त गरे ।
कार्यक्रममा समाजसेवी मिना जोशी,तिलक थापा ,कोशी बहिरा संघका अध्यक्ष चेत बराल लगायतको सहभागिता रहेको थियो । यस्तै अन्तराष्ट्रिय सांकेतिक भाषा दिवस तथा अन्तराष्ट्रिय बहिरा सप्ताह कार्यक्रमकै अवसरमा बहिराहरुको ¥याली समेत निस्केको थियो ।