AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

जनकपुरको रामानन्द चोकमा सिके राउतको भाषण : प्रहरी मूकदर्शक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ आश्विन २०७५, बिहीबार ०८:४१
3
Shares
जनकपुर / प्रहरीको खोजी सूचीमा रहेका सिके राउतले हजारौं कार्यकर्ताको बीचमा संविधानको विरोधमा बाेलेका छन्।

जनकपुरको ‘रामानन्द चोक’मा राउतले भाषण गर्दै गर्दा प्रहरी भने मूकदर्शक बनेको छ। मंगलबार साँझसम्म राउतको खोजी भइरहेको बताएको जनकपुर प्रहरी उनले मुख्य चोकमा उपस्थित हुँदा गर्दा मूकदर्शक बनेको हो।

संविधान दिवसकै दिन स्वतन्त्र मधेसको माग गर्दै विभिन्न कार्यक्रम गर्दै आएका राउतले प्रदेश २ को राजधानी जनकपुरकै मुख्य चोकमा संविधानको चर्को विरोध गर्दै भाषण गरेका हुन्। सिके राउतले जनकपुरमा भाषण गर्दा उता रुपन्देहीको गैडहवामा आमसभा भएको छ। राउत नेतृत्वको स्वतन्त्र मधेश संगठनले आफ्ना कार्यकर्ता राममनोहर यादवको श्रद्धाञ्जलि कार्यक्रमसहित कालो संविधान भन्दै विरोध सभा गरेको हो। आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर