RUMPUM
animated ellipse animated ellipse

सुन तस्करी र हत्या मुद्दामा मुछीएका एसपी खनाल पनि थुनामुक्त

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ आश्विन २०७५, मंगलवार १८:४०
3
Shares
विराटनगर / ३८ क्वीन्टल सुन तस्करी र उर्लाबारी सनम शाक्य हत्या प्रकरण मुद्दामा उच्च अदालत विराटनगरले निलम्बित एसपी विकासराज खनाललाई साधारण तारेखमा छोडन आदेश दिएको छ ।

उच्च अदालतको २ नम्बर इजलासका न्यायाधीश द्धय नगेन्द्रलाभ कर्ण र थीरबहादुर कार्कीले जिल्ला अदालत मोरङले जेठ २८ गते गरेको आदेश उल्टाउँदै साधारण तारेखमा छोड्न आदेश दिएका हुन् ।

जिल्ला अदालतको आदेश रितपूर्वक नदेखिदा साधारण तारिकमा राखि मुद्दाको कारबाही अगाडी बढाउन आदेश आएको उच्च अदालत विराटनगरका रजिष्ट्रार नारायण रेग्मीले जानकारी दिए । मुलुकी ऐन अदालती बन्दवस्तीको ४७ नम्बर बमोजिम साधारण तारिकमा छोडन खनाललाई आदेश दिएको उनले बताए ।

खनालले जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै सादा तारिकमा छोडन माग राख्दै असार ७ गते अदालती बन्दवस्तीको १७ नम्बर गरेका थिए । खानाल पक्राउ पर्नुअघि मकावपुर प्रहरी प्रमुख रहेका थिए । माघ ७ गते युएइबाट आएको ३३ केजी सुनका मालिक गोरे भनिने चुडामणि उप्रेतीसँग प्रहरी अधिकारीको सम्बन्ध रहेको देखिएपछि उनीहरु पक्राउ परेका थिए ।

मुख्य नाइके ‘गोरे’को नेतृत्वमा साढे ४ वर्षमा झण्डै ३८ क्वीन्टल सुन तस्करी भएको निष्कर्ष समेत निकालिएको थियो । त्यसक्रममा रजिष्टरको एउटा पन्नामा एसपी खनालले दुई पटक गरेर ५० लाख रुपैयाँ लिएको भेटिएको थियो । रजिष्ट्ररमा सुन ल्याउने व्यक्तिको नाम, परिणाम, ल्याएको व्यक्तिको नाम र भरियाको नाम समेत थियो।

सुन तस्करको समूहले तत्कालिन विमानस्थल प्रहरीको सिङ्गो सेटसँगै सेटिङ मिलाएको सह-सचिव र्इश्वरराज पौडेल नेतृत्वको समितिले दाबी गरेको थियो। प्रहरीसँग सेटिङ मिलाउन मात्रै कुल २ करोड २० लाख ७७ हजार रुपैयाँ खर्च भएको दाबी गरिएको थियो।

प्रहरीलाई बुझाएको रकमको विस्तृत विवरण समूहले एउटा डायरीमै उल्लेख गरेको भेटिएको थियो ।

प्रकरणमा मुछिएका एसएसपी दिवेश लोहनी र डिएसपी प्रजित केसीलार्इ यसअघि नै अदालतले छाड्ने आदेश दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर