AArya
RUMPUM
animated ellipse animated ellipse

सुन तस्करी मुद्दामा २१ जना अभियुक्तको पेशी स्थगित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ आश्विन २०७५, सोमबार १८:५८
3
Shares
विराटनगर / साढे ३३ सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाको आजको पेशी स्थगित भएको छ ।

उच्च अदालत विराटनगरको ४ नम्बर इजालसमा चढेको पेसी स्थगित भएको हो । पुर्पक्षको लागि थुनामा रहेका निलम्बित उच्च तहका प्रहरी अधिकारीदेखि यरलाइन्सका कर्मचारी र नेतासम्मको अदालतमा चढेको पेशी स्थगित भएको बताइएको छ ।

सरकारी वकिलको कार्यव्यस्तताको कारण देखाउँदै पेशी स्थगित गर्ने निवेदन परेपछि सरकारी वकिलको कार्यालयबाट स्थगित गरिएको अदालतले जनाएको छ ।

सोमबार निलम्बित एसएसपी श्यामबहादुर खत्री, पूव डिआइजी गोविन्दप्रसाद निरौला, निलम्बित एसपी विकासराज खनालको पेशी स्थगित भएको छ । त्यस्तै एल बि. मगर भन्ने लालबहादुर मगर, बालकृष्ण श्रेष्ठ, गोपालकुमार श्रेष्ठ, भुजुङ्ग गुरुङ, दोराम खत्री, माधव भन्ने मदनप्रसाद घिमिरे, आर. के. भन्ने राजेन्द्रकुमार शाक्य, विरेन्द्रमान श्रेष्ठ, अमरमान डंगोल, राजु महर्जन, बालकृष्ण सन्जेल, कपिलराज पुरी,मदन सिलवाल, फाल्दुङ्ग फुल्टुङ्ग भन्ने लक्षुबहादुर गुरुङ, मोहन काफ्ले, कृष्ण भन्ने नरेन्द्र कार्कीको पनि पेशी स्थगित भएको छ । त्यस्तै श्री एवल नेपाल ट्राभल्स एण्ड टुर्स प्रा.ली.र कान्तिपुर होलिडेज प्रा.ली.का रामहरी सुवेदी, व्यवसायी रेवत भन्ने रेवत कुमार आचार्यको पेशी स्थगित भएको अदालतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर