पूर्वाञ्चल खबर
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, वाणिज्य कार्यालय विराटनगर, गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनगर, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको संयुक्त अनुगमन टोलीले यस्तो फेला पारेको हो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका शाखा अधिकृत जगदिश दाहालले जारी गरेको विज्ञप्तिमा उक्त उद्योग अनुगमनका क्रममा पाइएको गुणस्तरहिन कच्चा पदार्थ २३ बोरा नष्ट गरिएको उल्लेख छ । ‘एशियन विस्कुट्स एण्ड कन्फेक्सनरी प्रा.लि. उद्योगको स्टोरमा रहेको कच्चा पदार्थमध्ये गुणस्तरयुक्त नदेखिएको २३ बोरा (५० किलो तौलका) चिनी नष्ट समेत गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
टोलीले पशुपति विस्कुट इण्डष्ट्रिज प्रा.लि., क्वालिटी डाईट एण्ड फुड प्रोडक्टस् प्रा.लि. र एशियन विस्कुट्स एण्ड कन्फेक्सनरी प्रा.लिमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा देखिएका सरसफाई र स्वास्थ्य तथा अन्य विषयमा निर्देशन दिई उक्त उद्योगहरुमा उत्पादनका लागि प्रयोग हुने गरी भण्डारणमा रहेका कच्चा पदार्थ र उत्पादनको परीक्षणका लागि नमूना समेत लिइएको जनाइएको छ ।