AArya
RUMPUM
animated ellipse animated ellipse

राजमार्ग जोड्ने सडकको निमार्ण कार्य धमाधम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ भाद्र २०७५, शुक्रबार १९:३९
3
Shares
विराटनगर / सम्झौता अघि नै निमार्ण कार्य पुरा गर्ने तयारीको साथ लागि परेको रमण भूमी जेबी कन्र्टक्सनले मोरङको दक्षिण सिमा नाका हुँदै पूर्व पश्चिम राजमार्ग जोड्ने खडक निमार्ण काम धमाधम गर्र्दै आएको छ ।

दक्षिणी ग्रामिण वस्तीका वासिन्दालाई मुख्य राजमार्गको पहुँचमा जोड्ने दक्षिण नाका सडक निर्माणको कार्य धमाधम गर्दै आएको हो । तीन वर्षसम्ममा सम्पन्न गर्ने गरि निर्माण गर्न जिम्मा पाएको रमण भूमि जेबी कन्र्टक्सनले चालु आर्थिक वर्षमा सडकको काम सक्ने लक्ष्यको साथ धमाधम काम गर्दै आएको छ । निमार्ण गरिएको यस सडकले जिल्लाको दक्षिण भेगका वासिन्दालाई मुख्य राजमार्गसँगको पहुँचमा ल्याउने उद्देश्यले योजना बनाइएको छ ।

सडक डिभिजन कार्यालय विराटनगरका इन्जिनियर दिपककुमार झाका अनुसार मोरङमा दक्षिण सिमा नाका चुनीबारी बरडंगा–आमबारीदेखि उत्तरको उर्लावारी जोड्ने साढे १२ किलोमिटर दुरीको सडक, नोचादेखि भारतको बोर्डरसम्म जोडने ७ किलोमिटर, जहदा गाउँपालिकाको रामचौक–सिनवनी जहदा हुँदै बोर्डर जोडने ९ किलोमिटर सडक र कटहरीको बजारहुँदै मझारे ५ किलोमिटर सडक निर्माण तथा विस्तारको काम धमाधम भइरहेको छ । यस मध्धे सबैभन्दा बढी सिमा नाका चुनीबारी बरडंगा– आमबारीको सडकको निमार्ण कार्य अगाडी रहेको भूमि इन्फा इस्टेक्चरका शुभम् बोहराले जानकारी दिए । उनका अनुसार ७० प्रतिशत निमार्ण कार्य आमबारीदेखि दक्षिण सिमा जोडने सडकको पुरा भएको बताए । अहिले बेस बसाउने कामहरु धमाधम भइरहेकोले दशदिन पछि कालोपत्रेको काम सुरु गर्ने तयारी रहेको उनले बताए ।

आउँदो कार्तिक १५ गतेसम्ममा यस सडकको निमार्ण कार्य पुरा हुने बोहराको भनाई छ । ‘निमार्ण पुरा गर्ने मिति ०७७ साल भदौ ८ गते हो,’ ठेक्दार प्रतिनिधि बोहराले भने, ‘सम्झौता अघि नै काम सक्ने हाम्रो लक्ष्या हो । त्यो पुरा हुनेछ ।’ अन्य सडकको काम समेत धमाधम भइरहेको उनले बताए । यी सबै सडकले भारतको सीमासम्मका नेपाली वस्तीलाई मुख्यराजमार्गसँग जोड्नेछ । रमण भूमि जेवी कन्र्टक्सनले निमार्ण गर्ने ठेक्का पाएको यी सडकको निमार्ण कार्य चालु आर्थिक वर्षमा सक्ने कम्पनीले दाबी गरेको छ ।

कम्पनीले निमार्ण गरेको सडकको दुवै क्षेत्रमा ढुंगाको पर्खाल उठाएर माटो भर्ने र पानीको निकासको काम गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख भए अनुसारको काम गर्दै आएको छ । सिमा नाका चुनीबारी बरडंगा–आमबारीदेखि उत्तरको उर्लावारी जोड्ने सडक २६ करोड ९४ लाख २१ हजार ६ सय ४० रुपैयाँ लागतमा निमार्ण हुनेछ । त्यस्तै रामचौक पोखरीया हुँदै बोर्डर जोडने सडक १३ करोड ८७ लाख, कटहरीचौकदेखि मझारे सडकको ६ करोड ६५ लाख लातमा निमार्ण हुदैछ ।
जिल्लाको उत्तरी क्षेत्रमा रहेको मुख्य राजमार्गसँग भारतको सिमानासम्म रहेको दक्षिणी वस्तीलाई जोड्ने सडक निर्माण भएसँगै भारतसँगको व्यापारसँगै छोटी भन्सारका नाका समेत सञ्चालनमा आउन सक्ने कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामत बताए ।

अध्यक्ष कामतले कटहरी गाउँपालिकाले समेत दक्षिण वस्ती र भित्री ग्रामिण वस्तीलाई गाउँपालिकासँग जोड्ने, छिमेकी गाउँपालिका तथा नगरपालिकासँग जोड्ने ६ सडक निर्माणको काम भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर