पूर्वाञ्चल खबर
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक मनोजकुमार केसीका अनुसार २९ वर्षीया कविताले आज विहान घरको बलेसीमा दुई सन्तानसहित आत्माहत्याको प्रयास गरेकी थिइन् ।उनले १० वर्षिय जेठा छोरा निशान र ५ वर्षिय कान्छो छोरा अमनलाई आफनै घरको बलेसीमा नरिवलको डोरीले पासो लगाएर झुन्डाएपछि आत्महत्या गरेकी हुन् । कान्छो छोराको मृत्यु भएको छ भने जेठा छोरा निसान बाँचेका छन् । डोरी चुटिएर बाँच्न सफल भएको निशानको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरीका प्रमुख एसपी केसीका अनुसार दुबै छोरालाई डोरीको पासो लगाएर झुन्ड्याएपछि आमा आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । प्रहरी घटनास्थलमा पुग्दा विहान साढे १० बजे कान्छो छोरा अमन र आमाको शव घरको बलोमा झुन्डिएको अवस्थामा फेला परेको मोरङ प्रहरीले जनाएको छ । जेठो छोरा निशानलाई झुन्ड्याएको डोरी भने छिनेका कारण उनलाई भने जीवितै भेटिएको एसपी केसीले बताए । ‘घटनास्थलको प्रकृति हेर्दा आमाले आफू झुन्डिएर आत्महत्या गर्नु अघि दुबै छोरालाई झुन्ड्याएर हत्या गर्न खोजेको प्रराम्भिक अनुसन्धानबाट देखिन्छ,’ एसपी केसीले भने, ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’
प्रहरीका अनुसार विहान १० बज्दा पनि दुबै जना स्कूल नपुगेपछि स्थानीय बासिन्दाले गएर हेर्दा घरमा भित्रबाट आग्लो लगाएको देखेर होहल्ला गरेका थिए । घर बाहिर होल्ला हुन थालेपछि कविताका जेठो छोरा निशान घर भित्र रुन थालेका थिए । भित्रबाट ढोका बन्द गरिएको घरमा बच्चा रुन थालेको सुनेपछि स्थानियले प्रहरीलाई खवर गरेका थिए ।
स्थानीय बासिन्दाका अनुसार कविताका पति अमरलाल यादवको दुई वर्ष अघि नै निधन भइसकेको थियो ।
निशानले प्रहरीलाई भने अनुसार आमाले सुरुमा भाई र आफूलाई डोरीले घाँटीमा बाँधेर झुन्ड्याएपछि आफूले पनि डोरी लगाएर झुन्डिएको बताएका छन् ।
निशानको घाँटीमा झुन्डाएको डोरीको डाम र शरिरको विभिन्न भागमा चोटपटम समेत लागेको छ ।