पूर्वाञ्चल खबर
बेलायतको १८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा सञ्चालित चार वर्षीय बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको लागि यस बर्ष बिद्यार्थीको आकर्षण बढेको हो ।
कलेजले बिगत ४ बर्षदेखि उक्त कोर्ष काठमाण्डौ बाहिर विराटनगरमा पहिलोपटक सञ्चालनमा ल्याएको कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर विवेक दाहालले बताए । विराटनगर मै विश्वप्रशिद्ध वेलायतको डिग्री आएपछि विराटनगरका साथै इटहरी , झापा, सिरहा , सप्तरीबाट पनि बिद्यार्थी आएको दाहालको भनाइ छ ।
कलेजले नया भर्ना हुदै गरेका विद्यार्थीका लागि प्रि-युनिभर्सिटी कक्षा सञ्चालन गरिसकेको छ । उक्त कक्षामा विद्यार्थीहरुलाई आइटी , रिसर्च , व्यक्तिव बिकासलगायतका विषयमा प्रशिक्षण दिई युनिभर्सिटी कक्षाका लागि तयार गरिने दाहालले बताए ।
इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा सञ्चालित यस कलेजमा बेलायतको बिजनेस डिग्री (बिबिएम) सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा मेरिल्याण्ड कलेज बिराटनगर ,इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं , इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा संचालनमा रहेका छन् ।