RUMPUM
animated ellipse animated ellipse

एक जिल्ला ५ प्रजाति, एक घर ५ विरुवा वितरण कार्यक्रम लेटाङबाट सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ भाद्र २०७५, सोमबार २१:०३
3
Shares
लेटाङ / प्रदेश सरकारले एक जिल्ला ५ प्रजाति, एक घर ५ विरुवा वितरण कार्यक्रमको सुरुवात उत्तरी मोरङको लेटाङबाट सुरु गरेको छ । लेटाङ–४ स्थित जनसेवा सामुदायिक वनको हातामा एक समारोहकाबीच पाँच विरुवा वितरण कार्यक्रमको सुभारम्भ गरिएको हो ।

कार्यक्रममा प्रदेश नं. १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियत, प्रदेश सांसद उपेन्द्र घिमिरे, डिभिजन वन कार्यालय मोरङका प्रमुख डा. विनोद देवकोटालगायतले पाँच प्रजातिका विरुवा रोपेर सुभारम्भ गरेका हुन् । जसमा रुख कटहर, अमला, बेल, तित्री, सोहिजन (सजिवन) को विरुवा रोपिएको थियो । डिभिजन वन कार्यालय मोरङको आयोजनामा भएको कार्यक्रमको सभापतित्व सामुदायिक वन उपभोक्ता महासंघ लेटाङ नगर समितिका अध्यक्ष आनन्दसागर तिम्सिनाको रहेको थियो ।

लेटाङ नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरुको सहभागिता रहेको कार्यक्रममा प्रदेश सांसद उपेन्द्रप्रसाद घिमिरे, सामुदायिक वन उपभोक्ता महासंघ मोरङका अध्यक्ष अग्नी पौडेल, सम्पूर्ण सामुदायिक वनहरुको तर्फबाट जनसेवा सामुदायिक वनका अध्यक्ष दिलाराम राई, वडा नं. ४ का वडाध्यक्ष सन्तोष कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन नगर महासंघ सचिव नैनकला ढुंगेलले गरेकी थिइन् ।

कार्यक्रमका अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ लेटाङ नगर समितिले वन मन्त्री कुसियतलाई ज्ञापन पत्र समेत बुझाएको थियो भनें अतिथिहरुलाई एभोकाडाको विरुवा मायाको चिनो स्वरुप प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर