AArya
RUMPUM
animated ellipse animated ellipse

विद्यालय स्तरीय हस्त लेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ भाद्र २०७५, बिहीबार २०:४५
3
Shares
विराटनगर / वडा बाल सञ्जाल विराटनगर महानगरपालकिा वडा नम्बर १३ को आयोजनामा अन्तर विद्यालय स्तरीय हस्त लेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगिता अन्तरगत आधारभुत तह कक्षा ५ सम्म भएको हस्त लेखनमा जेसी बाल सदनका सागर मल्लिक प्रथम, स्टार स्कूलका अंकीता नगरकोछी दोस्रो तथा पूर्वाञ्चल विद्या सदनका जेनी यादव तेस्रो भएका छन् । त्यस्तै आधार भुत तह कक्षा ८ सम्म भएको चित्रकला प्रतियोगितामा पूर्वाञ्चल विद्या सदनका विवेक राम प्रथम, वाद मावीका सुनिल महतो दोस्रो र जेसी बाल सदनकी अािसा यादव तेस्रो भएकी थिइन् ।

प्रतियोगितामा वडा नम्बर १३ का निजि तथा सामुदायीक विद्यालयहरुको सहभागि रहेको बाल सञ्जालकी अध्यक्ष एन्जेनीता श्रेष्ठले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर