AArya
RUMPUM
animated ellipse animated ellipse

खोलामा बेपत्ता किशोरको शव फेला, डुबेर बालिका घाइते

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ श्रावण २०७५, बिहीबार २०:४३
3
Shares
विराटनगर । मोरङ र सुनसरी जिल्लाको सीमानामा पर्ने केसलिया खोलामा डुबेर दुई दिन अघि बेपत्ता भएका एक किशोरको शव आज दिउँसो फेला परेको छ ।

पौडी खेल्ने क्रममा डुबेर मंगलबार बेपत्ता भएका सुनसरीको दुहवी नगरपालिका घर भई विराटनगर महानगरपालिका १ मा बस्दै आएका १६ वर्षीय सजेश रौनियारको शव फेला परेको छ । नेपाल र सशस्त्र प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा रौनियारलाई मृत्त फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाले बताए ।

विराटनगर ६ स्थित केसलिया खोलाको पुल नजिकै झाडीमा अल्झिएको अवस्थामा फेला परेको शवलाई पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पतालमा राखिएको छ । त्यस्तै सुनसरीको दुहवी नगरपालिका ४ स्थित बुढी खोलामा डुबेर घाइते भएकी एक बालिकाको विराटनगर स्थित लाईफगार्ड अस्पतालमा उपचार भइरहेको छ । दुहवी ४ का रहमद् आलमकी ३ वर्षीय छोरी रविना खातुन खेल्ने क्रममा आज बुढी खोलामा डुबेर घाइते भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर