AArya
RUMPUM
animated ellipse animated ellipse

विषाक्त पानी खाँदा २९ जना विद्यार्थी बिरामी, ४ जना गम्भीर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ श्रावण २०७५, मंगलवार २०:०६
3
Shares
विराटनगर / उत्तरी मोरङको लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले हालिदिएको बिषादी मिसिएको पानी पिएर आज २९ जना विद्यार्थी बिरामी भएका छन् भने चार जना विद्यार्थी सिकिस्त बिरामी भएका छन् ।

विषादी मिसाएको पानी पिएका कारणले १५ जना विद्यार्थी विद्यालयमै विरामी भएका थिए । पानी पिएर घरमा गइसकेका अन्य विद्यार्थीहरु पनि विरामी परेका हुन् । विद्यार्थीहरुमा पानी पिउनसाथ रिंगटा चल्ने, पेट पोल्ने, वान्ता हुने समस्या देखिएको थियो ।

विरामी भएका विद्यार्थीहरु जाँचका लागि स्वास्थ्य चौकीमा आइरहेकोले यो संख्या अझै बढ्नसक्ने प्रहरीले जनाएको छ । उनीहरुमध्ये खुश्बु मिश्र र सृष्टि निरौलालाई थप उपचारका लागि नोबेल अस्पताल विराटनगर ल्याइएको छ । बिरामी भएका विद्यार्थीहरु उर्लाबारीमा रहेको मंगलबार् अस्पतालमा उपचार भइरहेको स्कूलका प्रधानध्यापक खेमराज दुलाले जानकारी दिए ।

‘साइपर मेथिन १०’ नामक औषधी हालिएको खानेपानी पिउँदा विद्यार्थी बिरामी परेको प्रधानाध्यापक दुलाले बताए ।

बिषादी हालेको पानी पिउँदा कक्षा २ देखि १० सम्मका ३९ जना विद्यार्थीहरु बिरामी परेका हुन ।

सिकिस्त कक्षा ९ मा अध्यनरत खुष्बु मिश्र, कमला लिम्बू, कक्षा ८ मा अध्ययनरत सिष्टी निरौला र कक्षा ५ मा अध्ययनरत मनिष थापालाई मंगलबार नै बिराटनगर स्थीत नोबेल हस्पिटलमा रेफर गरिएको मंगलबारे अस्पतालका डा।धनबहादुर श्रेष्ठले बताए ।

भर्ना भएको अन्य विरामीहरु सामान्य उपचार पछि सबै ४ बजे घर फर्केका डा। श्रेष्ठले बताए ।
बिहान ११ बजे बिद्यार्थीहरुले सो ट्याङ्कीको पानी पिउने क्रममा गन्ध आएपछि शिक्षकहरुलाई खबर गरेका थिए । खानेपानी ट्याङ्कीको भित्र एक सय मिलिलिटरको साइपर मेथिन १० प्रतिशत नामक किटनाशक विषादीको बट्टा भेटिएको र त्यो कसले हाल्यो भन्ने विषमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक युवराज खतिवडाले जानकारी दिए ।

साइपर मेथिन १० प्रतिशत धानमा लगाउने विषादी हो । यो मानिसले खाएमा सिधै दिमागमा असर र छातीमा असर गर्नाले खतरानाक हो । बिहान ११ बजे बिद्यार्थीहरुले सो ट्याङ्कीको पानी पिउने क्रममा गन्ध आएपछि शिक्षकहरुलाई खबर गरेका थिए । त्यसपछि खानेपानी ट्याङ्कीमा हेर्दा एक सय मिलिलिटरको सायप्रिन नामक किटनाशक विषादीको बट्टा भेटिएको हो ।

खानेपानीमा कसले विषादी हाल्यो भन्ने विषमा अनुसन्धान भइरहेको मोरण् प्रहरीले जनाएको छ । घटनापछि विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।

घटना भएपछि उपचारमा रहेको विरामीलाई भेट्न लेटाङ नगरपालिकाका मेयर शंखर राई र वडा नं. ९ का वडाध्यक्ष कृष्णप्रसाद लुईटेल प्राथमीक स्वास्थ केन्द्र मंगलबारे पुगेका थिए । घटनाको कडा छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गर्ने मेयर राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर