AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा २४ औं विश्व आदिवासी दिवस

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ श्रावण २०७५, बिहीबार २१:२८
3
Shares
विराटनगर / २४ औं विश्वआदिवासी जनजाति दिवसको अवसरमा विराटनगरमा भव्य रुपमा सम्पन्न गरिएको छ ।

हरेक वर्ष ९ अगष्टको रुपमा मनाईदै आएको विश्व आदिवासी दिवसको अवसरमा आज विराटनगरमा एक समारोह विच भव्य रुपमा मनाईएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ प्रदेश समन्वय परिषद र नगर समन्वय परिषद विराटनगरको आयोजनामा आदिवासी जनाजातीको मौलिक सास्कृतिक झाँकी ¥याली आमसभा गरि मनाईएको छ ।

दिवसको अवसरमा स्थानिय सन्सारी माई मन्दिर परिसरबाट निकालिएको झाँकी सहितको ¥यालीले नगरक्षेत्रको ट्राफिक चोकबाट मेनरोड, जल्जलारोड,अस्पतालचोक हुंदै नगरक्षेत्रको विभिन्न भागको परिक्रमा विरेन्द्रसभागृहमा पुगेर सभामा परिणत भएको थियो ।

¥यालीमा आदिवासी जनजाति सम्बद्ध किरात राई यायोक्खा , किरात याक्खा छुम्मा, किरात याक्थुङ चुम्लुङ , नेवा दे दवु, राजवंशी समाज, नेपाल गनगाई समाज, भुजेल समाज लगायत विभिन्न १८ वटा जातीय समुदायको पहिचान झल्किने नृत्य र पोसाक प्रस्तुत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आदिवासी जनजातीको मौलिक पहिचान र भाषा सस्कृतिलाई मासिदै गएका कारण अब यसलाई जिवन्त राख्न आवश्यक रहेको बताए । आदिवासीको हकहितका संरक्षण र सर्वद्धन गर्न प्रदेश सरकार लागी पर्ने बताए । कार्यक्रममा विराटनगर महानगर पालीकाका मेयर भीम पराजुलीले महानगर भित्र रहेका आदिवासी जनाजाती समुदायलाई छुट्टै बजेट पनि छुईएको कारण उनीहरुको सीप र कलाको सम्मान गर्न विभिन्न तालिम गोष्ठि जस्ता कार्यक्रम ल्याएको बताए ।

यसका साथै आदिवासी जनजातीको संग्रालय स्थापना गर्ने योजना रहेको बताए । यसको लागी छिट्टै जग्गा खोजेर आदिवासी जनजातीको संग्रालय बनाउन लागीएको बताए ।

कार्यक्रममा सभा सदस्य जयराम यादव, प्रताप प्रकाश लिम्बु र बिष्णुमाया तुम्बाहाम्फे , नेपाल आदिवासी जनजाति महासंघ प्रदेश एक समन्वय परिषदका संयोजक ध्रुव कुमार लिम्बु , नगर परिषद विराटनगरका अध्यक्ष सुरेस सिह गनगाई लगायतले आदिवासी जनजातिको मुद्धा सम्बोधन गर्न राज्य गम्भीर हुनुपर्ने माग गरे । यस अघि परिषद्ले विराटनगरमा साप्ताव्यापी कार्यक्रम गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर