पूर्वाञ्चल खबर
नेपाल पत्रकार महासंघ प्रदेश नं १ समिति र संसदिय मामिला पत्रकार समाजको संयुुक्तरुपमा आयोजित एक दिने संसदीय समाचार रिपोटिङ्ग तालीमको आज उद्घाटन गर्दै उनले संसदको रिपोटिङ्ग गर्दा आउने विभिन्न समस्या समाधानका लागि प्रदेश सभा सदस्य वीच अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने जानकारी दिए ।
उपसभाम्ख पोखरेलले संसदीय रिपोटिङ्ग ज्यादै नै महत्वपूर्ण भएकोले प्रदेश सभाले गर्ने काम कर्तव्य जस्ता महत्वपूर्ण कार्यहरुलाईलाई जनतासमक्ष पु¥याउनु सञ्चारकर्मीहरुको ठूलो भूमिका रहेको बताइन् । पूर्व सांसद एवम् संसदीय मामिलाको विज्ञ रेवतीरमण भण्डारीले कानुुन निमार्णको सैदान्तिक पक्ष तथा कानुुन निर्माण प्रक्रिया वारेमा कार्यपत्र प्रस्तुुत गर्नुका साथै अध्यादेश,ह्विप(निर्देशन),कोरम,निजी विधेयक, अर्थ, सुरक्षा विधेयक,सैद्धान्तिक छलफल ,मस्यौदा, विधेयक , कानून, अंग आदि विषयमा प्रशिक्षण दिएका थिए ।
नेपाल पत्रकार महासंघ एक नम्वर प्रदेश समितिका अध्यक्ष विक्रम लुुइटेलले संसद रिपोटिङ्गमा सहजता ल्याउन तालिमको आयोजना गरिएको बताए ।