पूर्वाञ्चल खबर
विराटनगर विमानस्थलमा आज सांझ सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले प्रदेशमा रहेका संघीय सरकारका निकायले प्रदेशको कानून पालना गर्नु पर्ने बताउँदै उनले आगामी दिनमा संघीय निकायले कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे ।
मन्त्री कार्कीले संघीय सरकारले पर्व विदाको कटौती गरेपनि प्रदेशमा अत्याधिक वसोवास रहेका आदिवासी जनजाती दिवस साउन २४ गते , खसआर्य तागाधारीको जनैपूर्णिया र रक्षा वन्धन भदौ १० गते , राधाकृष्ण रथयात्रा भदौ १८ गते(मोरङ र सुनसरी) र मधेशी समुदायको मुख्य पर्वको कात्तिक २७ गते छठ पर्वमा प्रदेश सरकारले गत ०७४ गते २९ गते विदाको सुचि सार्वजनिक गरेको जानकारी दिए ।
मन्त्री कार्कीले संघीयता पहिलो अभ्यास भएकोले यसको कार्यान्वयन सवैपक्षवीच सहकार्य, सहकार्यनिति र समन्वयताको आधारमा गर्नुपर्नेमा जोड दिदै स्थानीय निकायले गरेको निर्णय कार्यान्वयन हुनुपर्ने बताए ।