पूर्वाञ्चल खबर
चेकजाँचका क्रममा विश्वकर्माको साथबाट प्रहरीले लुपिजेसिक ९ एम्पुल, एभिल ९ एम्पुल,डाईजेल्याप ९ एम्पुल र फेनारगन ९ एम्पुल बरामद भएको सिमा प्रहरी चौकी रानी विराटनगरले जनाएको छ । विश्वकर्मालाई बरामद लागूऔषध सहित थप कारवाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको सिमा प्रहरी चौकी रानी विराटनगरले जनाएको छ ।
यसैगरी सुनवर्षी नगरपालिका ८ हर्षनगढी स्थित सिक्टी– डाईनिया भित्रि सडक खण्डबाट प्रहरीले लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी सिक्टीबाट निस्केको गस्ती टोलीले को १३ प ६६८ नम्बरको मोटरसाइकलमा सवार रहेका राय र ऋषिदेवको साथबाट १५ पिस लागूऔषध नाइट्रोसन ट्याब्लेट र ५ ग्राम गाँजा बरामद गरेको हो । दुबै जनालाई बरामद लागूऔषध र मोटरसाइकल सहित अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको प्रहरीले जनाएको छ ।