निमोनियाबाट बिरामी हुने बालबालिका बढे

खबर पूर्वाञ्चल, १७ श्रावण २०७५, बिहीबार १९:४३

विराटनगर / विराटनगरका स्वास्थ्य संस्थामा निमोनियाबाट बिरामी हुने बालबालिकाको संख्यामा बृद्धि भएको छ ।

उपचारका लागि ल्याइने मध्ये ६० प्रतिशत भन्दा बढी बालबालिकामा निमोनियाको संक्रमण देखिन थालेको हो । एक साता यता विराटनगरका कोसी अञ्चल अस्पताल, विराटनगर अस्पताल, नोवेल मेडिकल कलेज, सुरक्षा अस्पताललगायतका ठूला तथा साना अस्पताल र स्वास्थ्य संस्थामा निमोनियाको संक्रमण भएका बालबालिकाको संख्या अत्यधिक रहेको छ ।

कोसी अञ्चल अस्पताल विराटनगरका बरिष्ठ बाल रोग विशेषज्ञ डा. विमल अग्रवालका अनुसार एक साता यता निमोनियाका कारण बिरामी भएर उपचारका लागि ल्याइने दुई वर्ष मुनिका बालबालिकाको संख्या ह्वात्तै बढेको छ । अस्पतालको ओपीडीमा उपचारका लागि दैनिक ल्याइने एक सय ५० जना बालबालिका मध्ये ८० जनामा यस्तो समस्या देखिने गरेको उनको भनाइ छ । यस अघि दैनिक पाँच देखि १० जनामा मात्र यस्तो समस्या देखिने गरेको थियो ।

चिकित्सकका अनुसार बेलैमा सचेत भएर उपचार नगरिए निमोनियाले ज्यानै पनि लिन सक्छ । सामान्य अवस्थामा भन्दा बालबालिकामा अहिले देखिएको समस्या अलि जटिल रहेको अग्रवालको भनाइ छ । मौसम परिवर्तन, शुद्ध पिउने पानीको अभाव, खानपान र सरसफाईमा ध्यान नदिनु मुख्य कारण रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरु

  1. Jitendra Bothra लेख्नुहुन्छ

    Use Old Ghee of Cow for 3-4 days for rubbing on front and back side of children …this is best remedy for patient …consult aayurvedic doctor …..

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५