डेब्यू एकदिवसीय अन्तराष्ट्रिय खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५५ रनले पराजित

खबर पूर्वाञ्चल, १६ श्रावण २०७५, बुधबार २२:०२
फाइल तस्वीर

विराटनगर /नेपालले डेब्यू अन्तराष्ट्रिय एकदिवसीय क्रिकेट खेलमा नेदरल्यान्ड्ससँग ५५ रनले पराजित भएको छ ।

नेदरल्यान्ड्सले दिएको १ सय ९० रनको विजय लक्ष्य पछ्याएको नेपाल ४१ दशमलव ५ बलमा १ सय ३४ मा अलआउट भयो । नेपालको सुरुवात राम्रो गरेको थियो । उपकप्तान ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले पहिलो विकेटका लागि ५८ रनको उत्कृष्ट साझेदारी गरे । अनिल २१ रनमा आउट हुँदा ज्ञानेन्द्र ५१ रनमा आउट भए । ज्ञानेन्द्रले एकदिवसीय खेलमा नेपालको तर्फबाट पहिलो अर्धशतक प्रहार गर्ने कीर्तिमान समेत बनाए । त्यस्तै कप्तान पारस खड्का १२ रनमा आउट भए । दिपेन्द्रसिंह ऐरी ३३ रनमा आउट हुँदा
नेपालको आशा समाप्त भयो । नेदरल्यान्ड्सका क्लासन, मिचेल रिप्पोन र पिटर सिलारले ३–३ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४७ ओभर ४ बलमा सवै विकेट गुमाउँदै १ सय ८९ रनको सामान्य योगफल तयार पारेको छ ।

नेदरल्यान्ड्सका लागि मिचेल रिप्पोनले ७६ बलमा ५१ रन जोडेका थिए । यस्तै स्टेफेन माइबर्गले २९, बास डे लिडेले ३०, बेन कुपरले २० र स्कट एडवाड्सले १८ रन बनाए ।
नेपालका कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गर्दै एक्लैले ४ विकेट लिए । खड्काले १० ओभर बलिङ गर्दै २६ रन दिए ।

यस्तै सोमपाल कामीले ३ विकेट हात पार्दा सन्दीप लामिछाने, करण केसी र बसन्त रेग्मीले समान १–१ विकेट हात पारे ।प्तकोशीको बाँध फुटेपछि नेपाली गाडीलाई रुट अनुमति प्रदान गर्न स्थापना भएको भारतीय अफिस प्रयोजन सकिएपछि पनि जबरजस्ती बसिरहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५