AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश प्रमुखको वेभसाइटबाट हट्यो विवादास्पद धार्मीक गुरु आचार्यसँग प्रदेश प्रमुख गोविन्दप्रसाद तुम्बाहाङले खिचेको तस्वीर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ श्रावण २०७५, मंगलवार ०८:१३
3
Shares
विराटनगर / पटक पटक विवादमा आउने गरेका धार्मिक अभियान्ता श्रीनिवास आचार्यसँग प्रदेश प्रमुख गोविन्दप्रसाद तुम्बाहाङले खिचेको तस्वीर प्रदेश प्रमुखको आधिकारीक वेभसाइटबाट हटेको छ ।

आचार्यसँग तुम्बाहाङको विराटनगरमा घटना हुन अघि सुनसरीको चक्रघट्टीमा आयोजित एक कार्यक्रममा खिचिएको तस्बीर हो । आचार्यकै आश्रममा आयोजित पुराणका प्रमुख अतिथि बनेका प्रदेश प्रमुख तुम्बाहाङलाई सो समय आचार्यले स्वागत गरेका थिए । सोही फोटो अझै प्रमुखको वेभसाइटमा रहेको थियो । प्रदेश प्रमुखको कार्यालयका सचिव रामकृष्ण गुरागाइका अनुसार प्रदेश प्रमुखको वेभसाइटमा राखेको फोटो हटेको हो ।

वेभसाइड निर्माणको चरणमा रहेको बताउदै उनले फोटो राखेको बारेमा आफूले पनि श्रीनिवासस“ग खिचेको तस्बीर रहेको बारेमा याद नगरेको बताए । प्रदेश प्रमुखको कार्यालयको वेभसाइट मुख्यमन्त्रीको कार्यालय मार्फत निर्माण भएको थियो ।

गत चैत २५ गते विहान विराटनगर–१४ मा पुराण वाचन गर्न आएका आचार्यमाथि गोली प्रहार भएको थियो । एक महिना अनुसन्धान गरेको प्रहरीले बैशाख २४ गते सोमवार आचार्यकै योजनामा गोली प्रहार भएको दावीसहित अन्य दुई जना सार्वजनिक गरेको थियो । आचार्यलाई सहयोग गरेको आरोपमा प्रहरीले माधव चौधरी र सन्तोष भन्ने लक्ष्मीराज अधिकारीलाई पक्राउ गरेको थियो । सहयोगीलाई ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ भने आचार्यलाई हातहतियार तथा खरखजना मुद्दा दायर गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर