अवैध उत्खनन गर्ने ८ वटा सवारी साधन नियन्त्रण

खबर पूर्वाञ्चल, ३ श्रावण २०७५, बिहीबार १७:१९

बेलबारी / इलाका प्रहरी कार्यालय केराबारीले अवैध रुपमा उख्नन् गर्दै गरेको ८ वटा सवारी साधान नियन्त्रण लिएको छ ।

मोरङको केराबारी गाउँपालिका ७ र ८ वडाको बिचमा रहेको खदम खोला र ३, ९ वडामा पर्ने हतुवा खोलाबाट अवैध रुपमा उत्खनन गर्दै गरेको सवारी साधान प्रहरीले आज नियन्त्रणमा लिएको हो ।

अवैध रुपमा खोलाजन्य पद्धार्थ ढुङ्गा र बालुवा उत्खनन् गर्दै गर्दा सवारी साधान नियन्त्रणमा लिएको इप्रका केराबारी प्रमुख सहि दिपक यादवले जानकारी दिए । प्रहरीले ढुङ्गा गिटी बोक्ने ३ वटा हाइवे र पाँच वटा ट्याक्टर खोलामा अवैध रुपमा उत्खनन् गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको यादवले जानकारी दिए ।

प्रहरीले ना. ७ ख २६२७, ना ७ ख. ५०१४ र ना.७ ख. ६०० नम्बरको तीन वटा हाइवा र को २ त ६४९०, को २ ज ५४११, को २ ज ६३७६, ना ६ ज ४२७५, ना ५ ज ४१११ नम्बरको पाँच वटा ट्याक्टर नियन्त्रण लिइ आवश्यक कारवाहीको लागि आजै केराबारी गाउँपालिकामा पठाएको सहि यादवले जानकारी दिए । प्रहरीको अनुसार साँझ, राती र बिहान झिसमिसमै तस्कहरुले अवैध उत्खनन् गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५