पूर्वाञ्चल खबर
आज भएको प्लेअफ खेलमा बेल्जियमले इंग्ल्याण्डलाई २–० गोल अन्तरले पराजित गरेको हो । सम्रह चरणको खेलमा पनि बेल्जियमले इंग्ल्याण्डलाई १–० गोल अज्तरले पराजित गरेको थियो ।
फाइनल पुग्न चुकेपनि बेल्जिमयले विश्वकप इतिहासमा हात पारेको यो नै अहिलेसम्मकै ठूलो सफलता हो । यसअघि सन् १९८६ मा पनि सेमिफाइनलमा पुगेको बेल्जियम चौथो स्थानमै चित्त बुझाएको थियो ।
सेमिफाइनलमा बेल्जियम फ्रान्ससँग र इंग्ल्यान्ड क्रोएसियासँग पराजित भएपछि दुवै टिम फाइनलमा पुग्न चुकेका थियो । क्रोएसिया र फ्रान्सबीच आइतबार उपाधिका लागि भिडन्त हुनेछ ।
सेन्ट पिटर्सबर्गमा भएको खेलमा बेल्जियमले चौथो मिनेटमा नै थोमस मुनिरको गोलबाट अगता लिएको थियो । उनले नासेर चाड्लीको क्रसको सदुपयोग गर्दै गोल गरेका थिए । यो सँगै उनी जारी विश्वकपमा गोल गर्ने दशौं बेल्जियन खेलाडी बने । यसअघि सन् १९८२ मा फ्रान्स र २००६ मा इटालीका १० खेलाडीले एउटै विश्वकपमा गोल गरेका थिए । प्रभावशाली प्रदर्शन गरेका इडेन हर्जाडले ८२ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे ।