AArya
RUMPUM
animated ellipse animated ellipse

आयोजक रसियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया २० वर्षपिछ विश्वकपको सेमिफाइनलमा प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ असार २०७५, आईतवार ०२:५०
3
Shares
विराटनगर / आयोजक रसियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया विश्वकप फुटबलको अन्तिम चारमा प्रवेश गरेको छ ।

रसियामा भर्खरै सम्पन्न सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा क्रोएसियाले आयोजक रसियाको चुनौतीलाई पेलाल्टी सुटआउटमा ४–३ गोलले हराउँद्यै २० वर्षपछि विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । यस अघि क्रोएसियाले पहिलो सहभागिमा सन् १९९० सालमा फ्रान्समा सम्पन्न विश्व्कपको सेमिफाइनल खेल खेलेको थियो ।

निर्धारित समयसम्म दुवै टिमले १–१ को बराबारी खेल खेलेपछि थप गरिएको ३० मिनेटमा पनि दुवै टिमले थप १–१ गोल गरेर खेलको निर्णय नभएपछि खेल पेनाल्टी सुटआउटमा धकेलेको थियो ।

पेनाल्टी सुटआउटमा रसियाका लागि जागोभ, इग्नासेभिच र कुजिएभले गोल गरे। तर रसियाका लागि पहिलो हानेका स्मोलोभको प्रहारलाई क्रोएसियाका गोलकिपर सुवासिकले बिफल पारे। यस्तै फर्नान्डेजका प्रहार बाहिरिएको थियो ।

क्रोएसियाका लागि ब्रोजोभिक, लुका मोड्रिक, भिडा र इभान राकिटिकले पोनाल्टीमा गोल गरे । क्रोएसियाका क्रोभाकिको प्रहार भने रसियाका गोलकिपरले बचाए ।

अब क्रोएसियाले सेमिफाइनलमा इंग्ल्यान्डसँग बुधबार राति प्रतिस्पर्धा गर्नेछ ।
यस अघि खेलको ३१ औं मिनेटमा चेरिसेभले गोल गर्दै रसियालाई अग्रता दिलाएका थिए । तर उसको अग्रतालाई क्रोएशियाका करामारिकले खेलको ३९ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

पहिलो हाफ १–१ दोश्रो हाफमा दुबै टोलीले गोल गर्ने आक्रमण एकअर्काको पोस्टमा गरेपनि गोल गर्न असफल रहे र खेल बराबरीमा सकियो ।
क्रोएशिया र आयोजक रसियाबीचको निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा धकेलिएको खेलमा १०१ मिनेटमा क्रोएशियाका डिडेले गोल गर्दै क्रोएशियालाई अग्रता दिलाए । तर १ गोबाट पछाडी परेको रसियाले खेलको ११५ मिनेटमा फर्नानडेजले गोल गर्दै बराबरी गोल फर्काए पछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर