AArya
RUMPUM
animated ellipse animated ellipse

तीनलाख मुल्यको अबैध सामाग्री नियन्त्रण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ असार २०७५, आईतवार १९:२६
3
Shares
विराटनगर/मोरङ प्रहरीले एकै दिन करिव तीनलाख मुल्य बरावरको अबैध सामाग्री नियन्त्रणमा लिएको छ ।

प्रहरी टोलीले सिआरभी बरगाछीबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका ५ पुल चोकबाट भारतबाट भन्सार छली ल्याउदै गरेको ४० पिस कुर्थासलवार र एकथान साइकल नियन्त्रणमा लिएर ३० हजार मूल्य बरावरका सामाग्री भन्सारमा बुझाएको छ ।

आजनै इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर १५ स्थीत महेन्द्र चोक र वडा नम्बर १४ स्थीत जानकी मन्दिर छेउबाट लता कपडा, छाला जस्तो देखिने २० वटा बेल्ट,चुना रङ १० किलो, घाँसको बिउ १० बरोवार र १ सिलिण्डर तथा सातसय किलो सब्जी र किराना सामान बरामद गरेको प्रहरीले नियन्त्रणमा लिएको १ लाख ७१ ह्जार १सय १० रुपैया बरावरका सामाग्री भन्सार कार्यालय रिानी विराटनगरमा बुझाएको छ ।

त्यस्तै अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटेको प्रहरी टोलीले विराटनगर १७ बाट ५० हजार मूल्य बरावरको भन्सार छली ल्याएको सामाग्री नियन्त्रणमा लिएको छ । नेपालबाट भारत तर्फ जादै गरेको को २ प ९४५८ नम्बरको मोटरसाइकलबाट ५५ हजार मूल्य बरावरको १५ केजी मरिच नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर