AArya
RUMPUM
animated ellipse animated ellipse

महिला सक्षम र योग हुनु पर्छ– उपसभामुख पोखरेल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ असार २०७५, मंगलवार १७:३५
3
Shares
विराटनगर / प्रदेश नम्बर १ का उपसभामुख सरस्वती पोखरेलले पहिलेको तुलनामा अहिले महिलाको अवस्थामा केही सुधार आएको बताउँदै महिलाले आफूलाई सक्षम र योग्य बनाउनु पर्नेमा जोड दिइन् । महिला सक्षम र योग्य भएमात्र देशले विकासको गतिमा अगाडि बढने उनले बताइन् ।

बूढीगंगा गाउँपालिकाको सहयोगमा समाज विकास केन्द्र नेपालको आयोजनामा आजदेखि विराटनगरमा सुरु भएको महिलाहरुको क्षमता विकास सम्बन्धी दुईदिने तालिममा उपसभामुख पोखरेलले यस्तो बताएकी हुन् ।

कार्यक्रममा बोल्दै उनले संविधानले ३३ प्रतिशत महिलाको उपस्थीति सुनिश्चितता गर्नुपर्ने भनिए पनि व्यवहारमा त्यस्तो नपाइएको उनले बताइन् । उपसभामुख पोखरेलले पाँच बर्षपछि हुने चुनावमा महिलाले आफूलाई ३३ प्रतिशतमा प्रमुख पद लिइने गरी तयारी अवस्थामा आग्रह गरिन् । यस्तै कार्यक्रममा बोल्दै प्रदेश सांसद केदार कार्कीले महिलाले सिकेको सीप र व्यवहारलाई अन्य महिलाहरुलाई पनि सिकाई अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा यूवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष परर्शुराम बस्नेतले महिला सक्षम र योग्य भएमात्र देश विकासको गतिमा अगाडि बढ्ने बताए ।

दुइदिने नेतृत्व विकास तालिमको जिसस मोरङका सामाजिक विकास अधिकृत सरोज गौतम र अधिवक्ता जगत थापाले सहजीकरण गर्नुहुने छ । दुई दिने तालिममा बुढीगंगा गाउँपालिकाबाट निर्वाचित भएका महिला जनप्रतिनधीहरुको सहभागि रहेको समाज विकास केन्द्रको अध्यक्ष कपिल सुनवारले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर