AArya
RUMPUM
animated ellipse animated ellipse

पानामाको पोष्टमाथि गोल वर्षाको गर्दै इंग्ल्याण्ड नकआउट चरणमा,ह्यारी केनको ह्याट्रिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० असार २०७५, आईतवार २०:०१
3
Shares
विराटनगर / रसियामा जारी विश्वकप फुटबल अन्तर्गत पानामाको पोष्टमा इंग्ल्याण्डले ६–१ को गोलको बर्षा गर्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

आज भएको समूह ’जी’ को खेलमा लगातार २ जित निकालेको इंग्ल्याण्डले अन्तिम खेलअघि नै नकआउट चरणमा प्रवेश गरेको हो । इंग्ल्यान्डले पानामालाई पराजित गरेपछि बेल्जिमयले पनि अन्तिम १६ मा स्थान पक्का गरेको छ । अब इंग्ल्यान्ड र बेल्जियमबीच समूह विजेताका लागि प्रतिस्पर्धा हुनेछ ।

इंल्यान्डको जितमा कप्तान ह्यारी केनले ह्याट्रिक गरे। खेलको २२ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका उनले पहिलो हाफको थप समयमा दोस्रो गोल पेनाल्टीमार्फत नै गरे । यस्तै उनले ६२ औं मिनेटमा गोल गर्दै हृयाट्रिक पूरा गरे ।

रसिया विश्वकपमा सर्वाधिक गोलकर्ताको सूचिमा अगाडि आएका उनी विश्वकपमा हृयाट्रिक गर्ने इंग्ल्याण्डका तेस्रो खेलाडी पनि हुन् । यसअघि इंग्ल्याण्डका लागि १९६६ मा जियोफ रस्ट र १९८६ मा ग्यारी लिन्करले हृयाट्रिक गरेका थिए

यस्तै जोन स्टोन्सले ८ र ४० मिनेटमा गरी २ गोल गरेका थिए। जिसे लिंगार्डले ३६ मिनेटमा गोल गरेका थिए । पानामाका लागि फिलिप बालोएले ७८ मिनेटमा सान्तवना गोल फर्काएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर