सुन्दरहरैचाको बजेट ७९ करोड ११ लाख ६३ हजार

खबर पूर्वाञ्चल, १० असार २०७५, आईतवार १७:४६

विराटचौक / मोरङको सुन्दरहरैचा नगरपालिकाको तेस्रो नगरसभाले आर्थिक वर्ष २०७५/०७६ को लागि ७९ करोड ११ लाख ६३ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।

विराटचौकको जेसीज भवनमा आज भएको तेस्रो नगरसभाबाट आर्थिक वर्षको लागि बजेट ल्याएको हो । नेपाल सरकारको सशर्त अनुदानबाट ४१ करोड ५२ लाख, आन्तरकि आयबाट ७ करोड ८५ लाख, प्रदेश सरकारबाट २ करोड ६३ लाख ४२ हजार, राजस्व वाडफाडबाट १३ करोड ३७ लाख, सामाजिक सुरक्षाबाट १५ करोड ९० लाख रुपैयाँ बजेट बिनायोजन गरिएको छ ।

पूँजीगत खर्चतर्फ सामाजिक विकासको लागि १ करोड ९९ लाख, पूर्वाधार विकासको लािग ४ करोड ५५ लाख, वातावरण तथा विपद व्यवस्थापन ५५ लाख, सार्वजानिक सेवा तथा क्षमता विकासको लागि ५९ लाख १८ हजार रुपैयाँ विनायोजन गरिएको उपमेयर धनमाया तामाङ्गले जानकारी दिइन् । त्यस्तै प्रकोप व्यवस्थापन विशेष कोषको लागि १ करोड, वातवरण विकास कोषको लागि १ करोड २५ लाख, गौरवको योजनाहरुमा १ करोड रुपैयाँ विनयोजिन गरिएको छ ।
नगरपालिकाले प्रत्येक वडाको लागि १ करोड ११ लाख रुपैयाँ बजेट विनायोजन गरेको छ ।

नगरसभा कार्यक्रममा बोल्दै नगरप्रमुख शिवप्रसाद ढकालले सुन्दरहरैचना नगरपालिकालाई विकासको बगैचाको रुपमा अगाडी बढाउने खालको बजेट ल्याएको बताऐ । उनले राजनीतिक पार्टीभन्दा माथि उठेर विकास निर्माणका काममा अगाडि बढ्न सबैलाई आग्रह गरे । कृषिलाई व्यवसायीकरण गर्दै पर्यटन र नगर विकास गर्दै समृद्धितर्फ अगाडी बढनुपर्नेमा जोड दिए ।

आर्थिक वर्षको बजेट भने नगरपालिकाको उपप्रमुख धनमाया तामाङले प्रस्तुत गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५