आफैंलाई गोली हान्न लगाउने धर्मगुरु आचार्य श्रीनिवास पाँच हजार धरौटी छुटे

खबर पूर्वाञ्चल, ८ असार २०७५, शुक्रबार २०:५५
फाइल तस्वीर

विराटनगर / आफैंलाई गोली हान्न लगाउने धर्मगुरु आचार्य श्रीनिवास सामान्य धरौटी बुझाएर छुटेका छन् । श्रीनिवासले जिल्ला प्रशासन कार्यालयमा मोरङमा आज धरौटी बुझाएर रिहा भएका हुन् ।

जिल्ला अदालतका न्यायधिश् नारायणप्रकाश शर्माको एकल इजलासले ५ हजार धरौटीमा बुझाएर श्रीनिवासलाई रिहा भएका हुन् । आफैंलाई गोली हान्न लगाएको आरोपमा २४ वैशाखमा पक्राउ परेका श्रीनिवासलाई जिल्ला प्रशासन कार्यालयले हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उनी तीन महिनादेखि झुम्का कारागारमा बन्दी जिवन विताइरहेका थिए ।

गत चैत २५ गते विहान पौने २ बजे शौच गर्न निस्किएका बेला उनीमाथि विराटनगरको जतुवामा गोली प्रहार भएको थियो । उनको दायाँ छातीको कुम मुनिको भाग छेडेर गोली पार भएको थियो । लगत्तै, प्रहरी अनुसन्धान थालेको थियो । गोली प्रहारबाट घाइते भएका उनको बिराटनगर स्थित न्यूरो अस्पताल २१ दिन लामो उपचार पछि भारतको दिल्ली जान लागेको समयमा बैसाख २४ गते बिहान आचार्यलाई प्रहरीले काठमाण्डौ बिमानस्थलबाट पक्राउ गरेको थियो । आचार्यलाई पक्राउ गरी मुद्दा चलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५