नेपाली चेलीलाई भारतको सर्कसमा लाने गरेको खुलास

खबर पूर्वाञ्चल, १ असार २०७५, शुक्रबार १२:०४

विराटनगर / विराटनगर नाकाको प्रयोग गर्दै नेपाली चेलीलाई भारतको विभिन्न स्थानमा पु¥याएर सर्कसमा काम लगाउने गरेको प्रहरीले खुलासा गरेको छ । खुल्ला सीमाको कारण मानव तस्करीको गन्तव्य विराटनगर बन्दै गएको प्रहरीले जनाएको छ ।

आकर्षक तलब र विभिन्न प्रलोभन देखाएर झापाको मेचीनगरपालिका १० का दुई जना किशोरीलाई विराटनगर भन्सार नाका हुँदै भारतर्फ लार्दै गरेको अवस्थामा ४ जनालाई प्रहरी र ‘साना हातहरु नेपाल’ नाम गरेको संस्थाले पक्राउ गरेपछि यस्तो रहस्य खुलासा भएको हो ।

नेपाली चेलीलाई भारतको विभिन्न स्थानमा सर्कसमा काम गराए वापत आकर्षक तबल दिने र उत्तै सेटल गरिदिने भन्दै प्रलोभनमा पारी भारततर्फ लैजाने गिरोहरुलाई ‘साना हातहरु नेपाल’ र ईलाका प्रहरी कार्यालय रानी विराटनगरले पक्राउ गर्न सफल भएको र प्रहरी नीरीक्षक सन्तोष निरौलाले जानकारी दिए ।

मानव तस्करी गर्ने मुख्य नाइके भारत सुपौलको कजहा १४ का ३० वर्षिय प्रदुम्ब सुतिहार, सोही ठाउँका २५ वर्षिय प्रकाशकुमार मण्डल, झापा मेचीनगर नगरपालिका ६ काकडभिट्टाकी २२ वर्षिय लक्ष्मी दनुवार मण्डल र मेचीनगरपालिका १० धुलाबारी बस्ने १९ वर्षिय पुस्मिता दनुवार पक्राउ गरेका थिए । पक्राउ पर्ने मध्धे प्रदुम्ब भारतमा लामो समयदेखि सर्कस सञ्चालन गर्ने मालिक हुन् भने प्रकाश र लक्ष्मी श्रीमान श्रिमती भएर प्रदुम्बको सर्कसमा काम गर्दै आएका थिए । उनीहरुले नै पुस्मितालाई पनि दुई वर्ष अगाडी देखि सर्कसमा काम गर्न भारत पु¥याएको अनुसन्धानबाट खुलेको छ ।

‘प्रदुम्बको निर्देशनमा प्रकाश, लक्ष्मी र पुस्मितालाई नेपाल घर गएको बेला फकाएर सर्कसमा नेपाली चेली ल्याउन अह्राएको देखियो,’ प्रहरी नीरीक्षक निरौलाले भने, ‘सर्कसको मालिकले योजना अनुसार झापाको मेचीनगरपालिकामा बसोबास गर्ने किशोरीलाई भारत लैजादै गर्दा पक्राउ गरेको हो ।’

भारत लैजादै गरेको दुई जना किशोरीलाई लक्ष्मी र पुस्मिताले फकाएर स्कूल जाने बहानामा घरबाट हिडाएर बाटैमा स्कूलको पोशाक फेराएर विराटनगर हुँदै भारत हिडाएका थिए । प्रहरी र साना हातहरु नाम गरेको संस्थाले शंका लागेर भन्सारको ३ नम्बर ढाटमा सोधपुछ गर्दा ती किशोरीहरुको कुरा बाझिएपछि भारत लैजाने गिरोहरुलाई सोही स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चारै जना अभियुक्त जेल चलान

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेका चारै जना अभियुक्त पुर्पक्षको लागि चेल चलान भएका छन् । उनीहरुलाई जिल्ला अदालत मोरङका जिल्ला न्यायाधीश कमल प्रसाद पोखरेलले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएका हुन् ।

उनीहरुलाई अहिले मोरङ जिल्ला कारागार विराटनगरमा राखिएको छ । अदालतले उनीहरुलाई मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ को दफा ८ र मुलुकी ऐन अ. व. ११८ को दफा २ बमोजिम थुनामा राख्न आदेश दिएको हो ।

उक्त मुद्दाको वादीकोतर्फबाट जिल्ला सरकारी वकीलको कार्यालय विराटनगरको सहायक जिल्ला न्यायाधिवक्ता पदम प्रसाद वस्तीले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट अधिवक्ता राजकुमार राउतले बहस गरेका थिए ।

तपाईको प्रतिक्रिया

lordbuddha academy
GREENLAND
ARNIKO
EVREST
KVM
budhanilakanth
kantipur
SAGARMATHA-2075
ORCHID
greded

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५