AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रधानमन्त्री असार ५ मा चीन जाने, अन्य ६ मन्त्री पनि जाँदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ जेष्ठ २०७५, बिहीबार ०७:१७
3
Shares
फाइल तस्वीर
काठमाडाैँ /प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको मिति तय भएको छ। चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा ओली असार ५ गते त्यस तर्फ जान लागेका हुन्।

उनी असार १० गते स्वदेश फर्केन कार्यक्रम रहेको छ। भ्रमण दलमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, भौतित पूर्वाधान तथा यातायातमन्त्री रघुवीर महाशेठ, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्री पत्नी राधिका शाक्य लगायत रहने परराष्ट्रमन्त्रालयले जनाएको छ।

भ्रमणको क्रममा प्रधानमन्त्रीले चिनियाँ समकक्षी ली सहित वरिष्ठ चिनियाँ अधिकारीहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ। उनले त्यहाँ नेपाल चीन व्यापारिक मञ्चलाई सम्वोधन गर्नेछन्। सो अवसरमा दुई देशले केही सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको पनि परराष्ट्रले जनाएको छ।

प्रधानमन्त्री ल्हासा समेत जाने छन्। त्यहाँ उनले ल्हासाका उच्च अधिकारीलाई भेट्ने छन्। यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर