न्यूरोका डा.रोका सम्मानित

खबर पूर्वाञ्चल, २४ जेष्ठ २०७५, बिहीबार १७:५६

विराटनगर / विराटनगर स्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलका बरिष्ठ न्यूरो सर्जन डा. यमबहादुर रोका सहित प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र विवेकशिल साझा पाटीका रविन्द्र मिश्र सम्मानित भएका छन् ।

उनीहरु सवैलाई डिभाइन टेनिगं सेन्टर इटहरीले लिथुवेनियाका पत्रकार स्वः रोकास जिल्लिन्स्कासको सम्झनामा स्थापित रोकस जिल्लिन्स्कास अवार्डबाट सम्मानित गरेको हो ।

आज भन्दा ९ वर्ष अगाडी पुर्वाञ्चलमा पहिलो पटक मष्तिस्कको शल्यक्रियाको शुरुवात गरेका डा. रोकाले न्यूरो सर्जरीको लागी विदेश तथा काठमाण्डौ जानु पर्ने वाध्यताको अन्त गरेका थिए । न्यरो सर्जरीमा एमसीएच गरेका डा. रोकाले मस्तिष्क शल्यक्रियाको ९ वर्षे अवधमिा करिव ४ हजार सफल शल्यक्रिया गर्न सफल भएका छन भने उनीसँगै काम सिकेका ६(७ जना चिकित्सकहरु अहिले न्यूरो सर्जन हुने क्रममा छन ।
अवार्ड ग्रहण पछि डा. रोकाले न्यूरो सर्जरीमा अहिले नेपाल सरकारले दिदै आएको एक लाख छुटले बिरामी वर्गमा धेरै राहत भएको र पूर्वाञ्चलमा सवैभन्दा सुलभ मूल्यमा न्यूरो सर्जरी सेवा प्रदान गर्ने आफनो प्रयासमा अहिलेसम्म आफू सफल रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५