बिल तिर्न नसक्दा दुई महिनादेखि अस्पतालमै बन्धक

खबर पूर्वाञ्चल, २२ जेष्ठ २०७५, मंगलवार १५:३९
अस्पतालको चौथो तल्लाको रेलिङमा बसिरहेका लिम्बु र उनकी श्रीमती ।

विराटनगर/ उपचार खर्च जुटाउन नसक्दा एक व्यक्ती दुई महिनायता अस्पतालमै बन्धक भएका छन् । ताप्लेजुङ मैवाखोला गाउँपालिका–४ का कुलबहादुर लिम्बु उपचारको खर्च जुटाउन नसक्दा दुई महिनायता गोल्डेन अस्पताल विराटनगरमा बन्धक भएका हुन् ।

गत फागुन २६ गते घरमै घास काट्ने क्रममा रुखबाट लडेका ५४ बर्षिय लिम्बुको टाउकोमा चोट लागेको थियो । उनको परिवारले तत्कालै उनलाई विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याएको थियो । बिपीले गोल्डेनमा रेफर गरेको थियो । गत फागुन २७ गते शल्यक्रिया गरिएका कुलबहादुर दुई लाख ३० हजार तिर्न नसक्दा दुई महिनायता अस्पतालमै बन्धक भएका हुन् ।

अस्पतालको चौथो तल्लामा रहेका लिम्बु शौचालय जादा पनि अस्पतालकै कर्मचारीको निगरानीमा हुन्छन् । उपचारकालागि भर्ना भएयता उनी चौथो तल्लाबाट बाहिर निस्कन पाएका छैनन् । ‘खर्च सबै सकियो ।’ छोरा सुरेन लिम्बुले भने ‘ अढाई लाख नल्याए लैजान दिन्नौ भन्छन् ।’ खर्च जुटाउन नसक्दा दुईमहिनायता अस्पतालमै बस्न बाध्य भएको उनले गुनासो गरे ।

अस्पतालको बिल तिर्न नसकेको लिम्बु परिवार माथी अस्पतालले दैनिक आर्थिक भार थपिरहेको छ । डिस्चार्ज नदिएको अस्पतालले दैनिक एक हजार तीन सय बेड शुल्क जोडिरहेको छ ।
‘शल्यक्रिया गर्नु पर्ने भन्दै अस्पतालले एक लाख १० हजार रुपैया“ जम्मा गर्न भन्यो,’ बिगत सम्झदै सुरेनले भने ‘ सुरुमा दश हजार जम्मा ग¥यौ पछि एक लाख पनि जम्मा ग¥यौ ।’

शल्यक्रिया गरेर आईसियूमा राखिएका कूलबहादुरलाई त्यसको एक सातापछि जनरल वार्डमा सारिएको थियो । दुई साताको उपचार पछि अस्पतालले घर जादा हुने बताएको थियो । तर डिस्चार्जकालागि खर्च जुटाउन नसकेका उनलाई अस्पतालले बन्धक बनाएर राखेको हो । सुरेनले पैसा नतिरे सम्म घर जान नपाउने भन्दै दुई महिना भन्दा बढी समयदेखि बुवालाई अस्पतालको तल्लो तलामा पनि झर्न नदिएको गुनासो गरे ।

अस्पतालका सञ्चालक मध्येका एक दिनेश ठाकुर कुलबहादुरका आफन्तले उपचार शुल्क नतिरेको बताउछन् । उनका अनुसार १५ दिन अघि ४ लाख ४० हजारको बिल उठेको थियो । त्यस मध्ये एक लाख दश हजार लिम्बुका आफन्तले जम्मा गरेका छन् भने एक लाख डेह इन्जुरीको उपचार सरकारले दिने छुटमा जोडिएको छ । राज्यले दिने एक लाख र लिम्बुले बुझाएको एक लाख १० हजार गरी अस्पतालमा २ लाख १० हजार बुझाइएको छ । लिम्बुको परिवारले अझै अस्पतालको २ लाख ३० हजार तिर्न बाकी छ ।

ठाकुरका अनुसार लिम्बुको सल्यक्रिया शुल्क एक लाख थियो । बेडचार्ज र अन्य शुल्क गरी उनको उपचार खर्च ४ लाख ४० हजार पुगेको हो । अस्पतालले गर्न सक्ने सम्मको सहुलियत दिने बताउँदै ठाकुर कुलबहादुरलाई बन्धक भने नबनाएको बताउँछन् ।

लिम्बु मैवाखोला गाउँपालिका ४ का सामान्य नागरिक हुन् । उनको उपचारकालागि गाउँलेले पनि चन्दा उठाएर सहयोग गरेका छन् । कुलबहादुरकी श्रीमती फुलमायाका अनुसार गाउबाट ३३ हजार रुपैया उठाएर दिएका थिए ।

छोरा सुरेनका अनुसार औषधिको पनि दुई लाख हाराहारी खर्च तिर्नु पर्ने छ । गाउबाट आएका उनको र बुबालाई खाना खुवाउदा दैनिक खर्च पनि बढिरहेको छ । ‘आय स्रोत केही छैन् ।’ सुरेनले भने ‘ खर्च जुटाउन नसक्दा अस्पतालले जान दिदैन् ।’
बिपन्न नागरिकलाई अस्पतालले बन्धक नै बनाएर शुल्क असुल्न खोजेको उपभोक्ता अधिकारको क्षेत्रमा काम गर्दै आएको संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल बताउँछन् । ‘निजी अस्पताललाई राज्यले दश प्रतिशत शैया बिपन्नकालागि छुटयाउन निर्देशिका बनाएको छ ।’ उनले भने ‘ पैसा तिर्न नसक्ने गरिबलाई बन्धक बनाउँने अस्पतालको ज्यादती राज्यले नियन्त्रण गर्नुपर्छ ।’

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५