AArya
RUMPUM
animated ellipse animated ellipse

पत्रकार गिरीमाथी भएको आक्रमणको प्रेस युनियन मोरङद्वारा भत्र्सना

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० जेष्ठ २०७५, आईतवार १६:०६
3
Shares
विराटनगर / नेपाल प्रेस युनियन मोरङका कोषाध्यक्ष दिनेश गिरीमाथि भएको आक्रमणको नेपाल प्रेस युनियन मोरङले घोर भत्र्सना गरेको छ ।

आज विज्ञप्ति निकालेर युनियनले आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न प्रशासनसित माग समेत गरेको छ । युनियन मोरङका अध्यक्ष मीनकुमार नवोदितले विज्ञप्ति प्रकाशित गरी आक्रमणमा संलग्न सबैलाई कानुनी कठघरामा नउभ्याए सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । साथै विज्ञप्तिमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनसमेत माग गरेको छ । “आक्रमणमा संलग्न सबैलाई तत्काल पक्राउ गरी कारबाही गर्न जोडदार माग गर्दछौं,” विज्ञप्तिमा भनिएको छ ।

गिरीमाथि शनिबार राति घरमै पुगेर आक्रमण भएको थियो । पत्रकार भोजराज बस्नेतका अनुसार जगेन गुरुङ, चित्र थापा र विशाल थापाको समूहले गिरीलाई आक्रमण गरेको थियो । आक्रमणबाट गिरीको टाउकोमा गहिरो चोट लागेको छ । यसै विच पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले विज्ञप्ति निकालेर पत्रकार गिरी माथी आक्रामण गर्ने सवैलाई पक्राउ गरी कानुनी कारवाहीको माग गरेका छन् । विज्ञप्तिमा भनीएको छ समाजमा जुनसुकै आवरण देखा पर्ने मुनाफाखोर, दलाल, भष्ट्र र आवारा गुण्डाहरुको डटेर मुकावला गर्न सवेलाई अनुरोध गरीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर