ज्येष्ठ नागरिक मैत्री विराटनगर बनाउछु : मेयर पराजुली

खबर पूर्वाञ्चल, १७ जेष्ठ २०७५, बिहीबार १८:३४
फाइल तस्वीर

विराटनगर / विराटनगर महानगरका मेयर भीम पराजुलीले विराटनगरलाई जेष्ठ नागरिक मैत्री बनाउने बताए ।

विराटनगर महानगर ३ मा रहेको परोपकार ज्येष्ठ नागरिक दिवासेवा केन्द्रमा आज आयोजित एक कार्यक्रमका वीच मेयर पराजुलीले यस्तो धारणा व्यक्त गरेका हुन् । केन्द्रले विराटनगर महानगरपालिकाको सहयोगमा जेष्ठ नागरिकका लागि चाहिने धार्मिक पुस्तक, खेल तथा भजन किर्तनका सामाग्रीका साथै स्तरिय वस्ने स्थान समेत बनाएको छ ।

केन्द्रले दर्जनौ जेष्ठ नागरिकहरुलाई दिउसोको खाजा र समय समयमा तिर्थाटन समेत गराउदै आएको छ । उदाहरणीय बन्दै गएको ज्येष्ठ नागरिक दिवासेवा केन्द्र जस्तै अन्य सामाजिक संघ ,संस्थाहरु आएमा महानगरका सवै स्थानमा सहयोग गरिने मेयर पराजुलीले घोषणा गर्नु भयो । उहाँले सवैले चाहेको खण्डमा विराटनगर महानगर ज्येष्ठ नागरिक मैत्री बन्न कुनै समयनै नलाग्ने भन्दै आफुलाई सामाजिकरुपमा सहयोगका लागि अपिल समेत गरे ।

ब्यस्त समय र जीवनर्शैलीका कारण पछिल्लो समय समस्यामा गुज्रिरहेका जेष्ठ वुवा आमाहरुलाई केन्द्रले गरेको काम यतिवेला समयसापेक्ष बन्न पुगेको छ ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५