मोदीको भ्रमणवाट मुलुकको विकास र सम्वृद्धिमा सघाउ पुग्ने–उप नेता गच्छदार

खबर पूर्वाञ्चल, २ जेष्ठ २०७५, बुधबार १७:१७

विराटनगर / नेपाली कांग्रेस संसदील दलका उपनेता विजयकुमार गच्छदारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणवाट मुलुकको विकास र सम्वृद्धिमा सघाउ पुग्ने वताए ।

आज विराटनगर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुसंग कुरा गर्दै पूर्व उप–प्रधानमन्त्री समेत रहेका नेता गच्छदारले भारतीय प्रधानमन्त्रीसंगको भेटमा मोदीजीले लोकतन्तान्त्रिक पद्धतिलाई वलियो वनाउँनु पर्ने शुभकामना दिएको जानकारी गराए । उनले जनकपुरमा मित्र राष्ट्रको सरकार प्रमुखको अभिनन्दन समारोहमा संविधान प्रति असुन्तुष्ट पोख्ने उपयुक्त थलो नभएको वताउँदै मधेशी जनताको संविधान प्रतिको असन्तुष्टी संसदवाट संशोधन गरी समाधान गर्न सकिने समेत स्पष्ट पारे ।

नेता गच्छदारले नेपाली जनताको लामो त्याग,वलिदान संर्घष एवम् प्रतिनिधित्ववाट निर्माण गरिएको ”हाम्रो राम्रो संविधान“ न पहिले वनेका थियो न अव फेरी वन्ने छ त्यसैले यसलाई विवादीत नवनाई संशोधन गर्दै सर्वस्वीकार्य वनाउन सवैको जिम्मेवारी रहेको धारणा व्यक्त गरे । नेपाल लोकतान्त्रिक फोरम र नेपाली कांगं्रेस वीच भएको सहमती पार्टीले कार्यन्वयन गर्ने वताउँदै यस विषयमा पार्टीका अरु नेताहरुले के भन्छन् त्यस सम्वन्धमा चासो नभएको उनले वताए ।

नेता गच्छदारले नेपाली कांग्रेसभित्रको गुट उप गुटलाइ एक ढिक्का वनाई राष्ट्रिय राजनीतिमा अगाडि लैजान फोरम लोकन्तान्त्रिक र नेपाली कांग्रेस दुई पार्टी वीच भएको एकताको सहमती कार्यन्वयन हुने विश्वास व्यक्त गरे । नेका केन्द्रीय समितिले निर्णय गरे अनुसार लोकतान्तिक फोरमका कार्यकर्तालाई आगामी १५ दिन भित्र सम्मानजनक समायोजना कार्यान्वयन हुने समेत उनले जानकारी दिए ।

नेता गच्छदारले वर्तमान कांग्रेसको नेतृत्व सक्षम रहेकोले पार्टीको भित्रको विवाद टुङग्याउन एक वनाएर लैजाने विश्वास व्यक्त गर्दै नेतृत्व हस्तान्तरण आगामी महाधिवेशनवाट हुने धारणा समेत व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.