RUMPUM
animated ellipse animated ellipse

साढे ३३ किलो सुन तस्करी : वकिलले प्रमाण सहितको भिडियो देखाउँदा प्रतिबादीतर्फका कानुन व्यवसायीहरुले रोके

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ बैशाख २०७५, शुक्रबार २०:४२
3
Shares
विराटनगर / साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डको अभियुक्तको जारी थुनछेक बहसमा सरकारी कार्यालयका वकिलले प्रमाण सहितको भिडियो देखाउँदा प्रतिबादीतर्फका कानुन व्यवसायीहरुले रोकेका छन् ।

जिल्ला अदालत मोरङमा शुक्रबार बादीतर्फबाट ७ जना सरकारी कार्यालयका वकिलहरुले बहस सकेपछि प्रमाणसहितको भिडियो इजालसमा देखाउन खोज्दा प्रतिबादीतर्फका कानुन व्यवसायहीहरुले रोकेका हुन् ।

अवैध रुपमा अन्तराष्ट्रिय विमानस्थलबाट आएको साढे ३३ किलो सुन हराएपछि मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेले यतना दिएको भिडियो र संगठित अपराधमा कसरी सञ्जाल बन्छ भनेर प्रमाणित हुने भिडियोलाई देखाउन खोज्दा प्रतिबादीतर्फका वोकिलहरुले होहल्ला गर्दै रोकेका थिए ।

प्रमाणसहितको भिडियो देखाउन सुरु भएको केही मिनेटमै इजालमा देखाएपछि प्रतिवादीतर्फका कानुन व्यवसाहीहरुले रोकेको सरकारी कार्यालयतर्फका बहस गर्ने वकिलको भनाई छ । प्रमाणसहितको भिडियो देखाएपछि घटना विवरण छर्लङ हुने भएकोले प्रतिबादीतर्फका कानुन व्यवसायीहरुले प्रतिरक्षा गर्न डराउने भएकोले देखाउन रोक गरेको उच्च अदालत विराटनगरका सह न्याधिवक्ता चिरन्जीवी पराजुलीले जानकारी दिए । उनले भने, ‘प्रतिबादीतर्फका वकिलहरुले होहल्ला गरेपछि हामीले देखाउन पनि चाहिनम । सुरु भएको केही मिनेटमै होहल्ला भएपछि हामीले रोकेका हौं ।’ ‘बयान लिने क्रममा लिएको भिडियो देखाउन लागेको पनि होइन,’ सरकारी वकिलको कार्यालय मोरङ जिल्ला न्याधिवक्ता पुण्यप्रसाद पाठकले भने, ‘गोरेले सुन खोज्न यतना दिएको र संगठित अपराध कसरी हुन्छ भन्ने प्रमाण भिडियो थियो ।’

अवैध सनु र शाक्य हत्याका मुख्य अभियुक्त गोरेको गतिविधि, उनले गरेको फोन संवाद गठित छानविन समितिसँग अभियुक्तले दिएको बयानको समेत भिडियो थियो । तीन प्रकारबाट संकलन भएको भिडियोको प्रमाणको रुपमा इजालसमा सरकारी वकिलहरुले पेश गर्ने तयारी गरेका थिए । उक्त प्रमाणित भिडियो प्रतिवादीतर्फका वकिलहरुले देखाउन नहुने तर्क गरी रोकिएपनि त्यसलाई इजालसकै प्रमाणको रुपमा लिइने भएको छ ।

प्रतिबादीकोतर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ता यदुनाथ खनालले प्रमाणको रुपमा अदालतमा आइसकेको भिडियो इजालसमा देखाउनुको व्यवहारीक नहुने बताए । ‘प्रमाणको रुपमा अदलातमा भिडियो आएको छ,’ इजालस भित्र जवरजस्ती देखाउनुको औचित्य छैन । ’ उनले भने, ‘अहिलेसम्म यस्तो अभ्यास समेत भएको छैन ।’

जिल्ला न्यायाधीश नारायण प्रसाद शर्माको इजलासमा बिहीबारदेखी थुनछेक बहस बहस सुरु भएको हो । शुक्रबार वादीकोतर्फबाट सरकारी कार्यालयका वकिलहरुले बहस सकेका छन् ।

वादीकोतर्फबाट उच्च अदालतका सहन्यायाधीवक्ता चिरन्जीवी पराजुली, सहन्यायाधीवक्ता गोपाल रिजाल, जिल्ला न्याधिवत्ता पुन्यप्रसाद पाठक, उच्च अदालतका निमित सह न्यायाधीवक्ता मनोज आचार्य, जिल्ला न्यायाधीवक्ता पुण्य प्रसाद सापकोटा, सहायक जिल्ला न्यायाधीवक्ता रोहित पोखरेल र पदम वस्ती बहस गरेका थिए । बादीतर्फको बहस शुक्रबार सकिएपछि प्रतिबादीतर्फको वकिलहरुले आइतबारदेखी बहस गर्नेछन् । प्रतिबादीतर्फबाट बहस गर्न काठमाण्डौदेखीको नाम चलेका वरिष्ठ अधिवक्ताहरु सहभागि छन् । प्रतिबादीकोतर्फबाट वकालतनामा दर्ता गर्नेको संख्या ८० जना पुगेका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय मोरङले सुन तस्करीमा संलग्न भएको भन्दै नेपाल प्रहरी उच्च तहका अधिकारी र तस्करको समूह गरी ६३ जनाविरुद्ध जिल्ला अदालतमा गत बुधबार आपराधिक समूह स्थापना संचालन गरी सुन चोरी पैठारी, चोरी निकासीको अवैध कारोवार तथा अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यानमा मुद्दा दायर गरेको थियो ।

तस्करीको साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न बनेको समितिले २०७० सालयता चुणामणि उप्रेतीको समूहले झन्डै ३८ क्विन्टल, ३७ लाख ९९ हजार ५ सय ५९ ग्राम सुन तस्करीमार्फत नेपाल भित्रिएको निष्कर्ष निकालेको थियो ।

यही निष्कर्षका आधारमा जिल्ला सरकारी वकिलको कार्यालले ९ प्रहरीसहित ६३ जनाविरुद्ध अभियोगपत्र दायर गरेको हो । उनीहरूसँग १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४१३ रुपैयाँ ९० पैसाको बिगो माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर