RUMPUM
animated ellipse animated ellipse

ईट्टा उद्योगमा श्रमिक दिवस

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ बैशाख २०७५, बुधबार १७:२९
3
Shares
विराटनगर / मोरगको रंगेली ३ आमतोलामा अन्तराष्ट्रि««य श्रमिक दिवसको अवसरमा आनन्द ईट्टा उद्योगका कामदारको सहभागितामा ¥याली निकालिएको छ ।

एकिकृत हातेमालो समाजको आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो । ¥याली आनन्द ईट्टा उद्योग, आमतोला र सोराभागको करिब १ सय २० बाल श्रमिकको सहभागिता रहेको थियो । सो अवसरमा उद्योग भित्र सञ्चालित आनन्द प्रारम्भिक बाल बिकास तथा शिक्षा केन्द्रका बालबालिका माझ चित्रकला प्रतियोगिता पनि संचालन गरिएको थियो ।

उत्कृष्ट चित्रहरुलाई सोहि उद्योगका व्यवस्थापक जयप्रकाश सिंहले पुरस्कार वितरण गरेका थिए । आनन्द ईट्टा उद्योग, रंगेलीमा एकिकृत हातेमाले समाजको आयोजनामा बेटर ब्रिक नेपाल परियोजना संचालन भइरहेको छ । परियोजनाले बाल श्रम र बधुवा श्रम निवारणका लागि काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर