खबर पूर्वाञ्चल
गौड जनजातिको विवाहमा एउटा अनौठो परम्परा छ, जुन परम्पराको पालना नगरीकन बिहे सम्पन्न नै हुँदैन ।
उक्त परम्परा अनुसार बिहे समारोहमा बेहुलाले सुँगुर मार्दछ र मारेको सुँगुरको ताजा रगत पिउँदछ । बेहुलाले आफैंले मारेको जनावरको रक्तपान नगरेसम्म बिहे सम्पन्न हुँदैन ।
यसरी बेहुलाले मार्ने सुँगुर बेहुली पक्षको तर्फबाट ल्याइएको हुन्छ । सदियौँदेखि गौड जनजातिले यो परम्परा मान्दै आएका छन् । यो समुदाय निकै पिछडिएको समुदाय मानिन्छ भारतमा । एजेन्सी