RUMPUM
animated ellipse animated ellipse

ग्रिनल्याण्डको विदाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ बैशाख २०७५, बिहीबार १६:२१
3
Shares
विराटनगर/ विराटनगर – ९ मा रहेको ग्रिनल्याण्ड कलेजले कक्षा १२ का विद्यार्थीहरुलाई विहीबार एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको छ ।

नयाँ व्यवस्थापनमा सञ्चालन भएको कलेजले तेस्रो  ब्याचको ५ सय ८० जना अध्यरत विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिदाई गरेको हो । विज्ञान संकायका ४ सय ८० र व्यवस्थापक संकायका १ सय जना विद्यार्थी रहेको कलेजले जनाएको छ ।
कार्यक्रममा कलेजको लिएको आन्तरीक परीक्षा आन्तरीक क्रियाकलापमा उत्कृट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।

कार्यक्रममा कलेजका प्रिन्सिपल दिपक पोखरेल, कलेजका निर्देशकहरु दिनेश दाहाल, राजिव मिश्रा, शिवनारायण यादव, हरि धमला, र पुरुषोतमराज कार्कीलगायतलेशुभकामना दिएर विद्यार्थीहरुलाई विदाई गरेको थिए । सोही अवसरमा कलेजबाट विदाई हुन लागेका विप्लव सिंह, प्रियंका पन्त, सुनिता गौतम, लुना वस्ती, प्रवेश अधिकारी र अखिलेश गुप्ताले कलेजमा दुई बर्ष वितेका अनुभव सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर